वृहत् शैक्षिक प्रदर्शनी सकियो, निजी विद्यालयको लगानीको ग्यारेन्टी महानगरले गर्छः मेयर जिसी

पोखरा, मंसिर २७ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, कास्कीले आयोजना गरेको तेस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा १३ औं लोकनृत्य प्रतियोगिता शुक्रबार समापन भएको छ । तेस्रो वृहत् शैक्षिक प्रदर्शनी तर्फ ओभरलमा गोर्खा इंङ्लिस वोर्डिड्ड स्कूल प्रथम, त्रिवेणी पब्लिक सेकेण्डरी स्कूल द्धितीय र अक्सफोर्ड स्कूल तृतीय भएका छन् ।

त्यसैगरी १३ औं लोकनृत्य प्रतियोगिता तर्फ राइजिङ स्टार एकेडेमी प्रथम, कास्की मोडनाइज्ड एकेडेमी द्धितीय, युनिभर्स इंङ्लिस वोर्डिड्ड स्कूल तृतीय र अल्फा एकेडेमी सान्त्वना भएका छन् । शैक्षिक प्रदर्शनीको विषयगत विधा तर्फ पूर्व प्राथामिक तहमा त्रिवेणी पब्लिक सेकेण्डरी स्कूल प्रथम, हेम्जा वोर्डिङ स्कूल द्धितीय, गोर्खा इंङ्लिस वोर्डिड्ड स्कूल तृतीय र अञ्जुली वोर्डिड्ड स्कूल सान्त्वना भए ।

गणित तर्फ अक्सफोर्ड स्कूल प्रथम, त्रिवेणी पब्लिक सेकेण्डरी स्कूल द्धितीय, एलपी देवकोटा मेमोरियल स्कूल तृतीय र कास्की मोडनाइज्ड एकेडेमी सान्त्वना भए । विज्ञान तथा प्रविधि तर्फ गोर्खा इंङ्लिस वोर्डिङ स्कूल प्रथम, अञ्जुली वोर्डिङ स्कूल द्धितीय, कास्की मोडनाइज्ड एकेडेमी तृतीय र सिद्धार्थ लवडेल बोर्डिङ स्कूल सान्त्वना भए ।

सामाजिक अध्यन तर्फ गोर्खा इंङ्लिस वोर्डिङ स्कूल प्रथम, मर्निङ ग्लोरी एकेडेमी द्धितीय, अक्सफोर्ड स्कूल तृतीय र कास्की मोडनाइज्ड एकेडेमी सान्त्वना भए । भाषा अंग्रेजी तर्फ ज्ञानज्योति विद्याकुञ्ज मावि प्रथम, त्रिवेणी पब्लिक सेकेण्डरी स्कूल द्धितीय, डायमण्ड मोडेल स्कूल तृतीय र हेम्जा वोर्डिङ स्कूल सान्त्वना भए । प्रतियोगितामा विजयी विद्यालयले ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

समापन कार्यक्रममा बोल्दै पोखरा महानगर पालिाकाका मेयर मानबहादुर जिसीले निजि विद्यालयको लगानी ग्यारेन्टी गर्न महनगर तयार रहेको बताए छन् । ‘केन्द्र प्रदेश सरकारले के गर्छ त्यो महिले बोल्ने विषय होइन, महानगर पनि एउटा सरकार हो’ उनले भने,‘महानगर तपाईहरुले शैक्षिक क्षेत्रमा गरेको लगानी ग्यारेन्टी गर्न तयार छ ।’

उनले भर्खर नयाँ शिक्षा ऐन आएकोले महानगर र निजि विद्यालय वसरे एने कानुन वनाउन महानगर तयार रहेको स्पष्ट पारे । ‘नयाँ शिक्षा ऐनमा निजि विद्यालयको विषयमा मौन वसेको छ’ मेयर जिसीले भने,‘महानगर र निजि विद्यालय वसेर यहाँको शिक्षा कस्तो वनाउँने हो त्यहि अनुरुप ऐन कानुन वनाउन जरुरी छ ।’
उनले सरकारले निशुल्क पढाउँन खोज्दै गर्दा वोर्डिड्डमा आफ्ना वच्चा पढाएर फि महड्डो भयो भन्ने कसैलाई पनि नैतिक आधार नभएको उल्लेख गरे । प्रदर्शनीले वच्चाहरुको अन्तरनिहि प्रतिभा प्रस्फुटन गर्न टेवा पु¥याएको उनको भनाई थियो ।

एन प्याव्सानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराईले एन प्याव्सान कास्की देशभरका शाखामा उत्कृष्ट कार्य गर्ने शाखाको रुपमा रहेको बताए । प्याव्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदीले प्रदर्शनी सवै विद्यार्थीलाई सिकाई बनेको बताए ।

शैक्षिक प्रदर्शनीमा पूर्व प्राथमिक तह, गणित, विज्ञान तथा प्रविधी, सामाजिक अध्ययन, भाषा अङ्ग्रेजी र नेपालीका विषयगत विधाहरू रहेका थिए । लोक नृत्य प्रतियोगितामा ३९ विद्यालयल र शैक्षिक प्रदर्शनीमा ३१ विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए ।

‘एनप्याब्सान कास्कीको ध्येय, विद्यार्थीको मौलिक सिर्जनालाई श्रेय’ भन्ने मूल नाराका आयोजना गरिएको प्रदर्शनी चार दिन सम्म प्रदर्शनीकेन्द्र नयाँवजारमा चलेको थियो । प्रत्यक्ष साक्षात्कार गराई बालबालिकामा अन्तर्नि्हित सिर्जनशीलता जागृत गराउदै भविष्यमा राष्ट्रका लागि आवश्यक जनशक्ति उत्पादनतर्फ अग्रसर गराउन एन प्याव्सान कास्कीले एक वर्ष खेलकुद महोत्सव र एक वर्ष शैक्षिक प्रदर्शनी तथा लोक नृत्य प्रतियोगिता गर्दै आएको छ ।

एन प्याव्सान कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मनकाजी गुरुङ र सहसचिव प्रेमराज अधिकारीले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरेका थिए ।