वुमेन्स च्याम्पियन्स लिग (डब्लु.सि.एल) को ट्रफी सार्वजनिक

 

काठमाडौं, कार्तिक ६ ।

महिलाहरुको फ्रेन्चाइज लिग क्रिकेट प्रतियोगिता वुमेन्स च्याम्पियन्स लिग (डब्लु.सि.एल) को ट्रफी चन्द्रागिरीमा सार्वजनिक गरिएको छ ।

नेपालमा पहिलो पटक आयोजना गरिएको महिलाहरुको फ्रेन्चाइज लिग क्रिकेट प्रतियोगितको ट्रफी आज चन्द्रागिरी शिखरमा आयोजित एक कार्यक्रममा फाइनलमा पुगेका दुई टोलीका कप्तानले सार्वजनिक गरेका हुन् ।

ट्रफी सार्वजनिक गर्दै चितवन राइनोजकी कप्तान इन्दु वर्मा र क्याट क्वीन्स काठमाडौंकी कप्तान रुबिना क्षेत्रीले उपाधि आ–आफ्नो टोलीले जित्ने दावी गरेका छन् ।

डब्लु.सिएल क्रिकेटको फाईनल खेल भोलि कीर्तिपूर मैदानमा हुँदैछ ।

यो प्रतियोगिताले आसन्न १३ औं दक्षिण एसियाली खेलकुदको तयारीमा निकै सहयोग गरेको खेलाडीहरुको भनाई छ ।

लिग चरणका सबै चार खेल जितेको चितवन समुह विजेताको रुपमा सोझै फाईनलमा पुगेको हो भने प्ले अफ् खेलका विराटनगरलाई हराउँदै काठमाडौंले उपाधि भिडन्त तय गरेको हो ।
(ईमेजखबरबाट साभार)