वीरगञ्ज महानगरको मतगणना स्थगित

वीरगञ्ज, असोज ५ ।
वीरगञ्ज महानगरपालिकामा १८ हजार मत गनिसक्दा ११ हजार मात्रै मतको विवरण सार्वजनिक भएपछि मतगणना स्थगित भएको छ ।
निर्वाचन कार्यालयले १८ हजार मतको विवरण सार्वजनिक नभएसम्म गणनाकार्य अगाडि बढ्न नसक्ने भन्दै राजनीतिक दलहरु आन्दोलित भएका छन् ।
अहिले प्रदेश नम्बर २ को एक मात्र महानगरपालिकाको मतगणना स्थिगित भएको छ ।