विस्तारा एयरलाईन्सद्धारा नेपालमा उडान सुरू

 

काठमाडौं, माघ २९ ।

भारतीय विमान सेवा कम्पनी विस्ताराले नेपालमा व्यवसायीक उडान सुरू गरेको छ ।

विस्ताराले दिल्ली–काठमाडौं पहिलो उडान मंगलबारदेखि सुरू गरेको हो । प्रमुख व्यापारिक अधिकृत विनोद कन्ननले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि नेपालमा नियमीत उडान सुरु गरेको जानकारि गराए ।

विस्तारा टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त लगानी रहेको भारतको एक मात्र पाँचतारे हवाई सेवा कम्पनी हो । सन् २०१५ देखि हवाई सेवा सुरू गरेको यो कम्पनीमा टाटा समुहको ५१ र सिंगापुर एयरलाइन्सको ४९ प्रतिशत लगानी रहेको छ ।

आन्तरिक तर्फ विभिन्न ३१ वटा शहर र अन्तराष्ट्रिय तर्फ ५ वटा गन्तव्यमा उडान भरिरहेको छ । कम्पनीले उडान विस्तारले नेपाल भ्रमण वर्ष २०२० अभियान सफल र्पा महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।
(ईमेजखबरबाट साभार)