विश्व सङ्गीत दिवस पोखरामा मनाइ“दै, स्रष्टाहरू सम्मानित हुने

पोखरा, असार ४ ।

विश्व सङ्गीत दिवस पोखरामा विविध कार्यक्रमको आयोजना गरि मनाईने भएको छ । उत्तरी गोलाद्र्धको सबैभन्दा लामो दिन जुन २१ अर्थात् यही असार ७ गते बिहीबार पोखरा उद्योग वाणिज्य संघको सभाहलमा पोखराका १८ वटा वाङ्मयीक संघ संस्थाहरूको आयोजनामा विशेष साङ्गीतिक कार्यव्रmमका साथ विश्व संगीत दिवस समारोहको आयोजना गरिने सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

उक्त समारोहमा गायक तथा सङ्गीतकारहरू रामभक्त जोजिजु र कर्णदास अनि नृत्य निर्देशक गम्भिर वर्देवालाई विश्व सङ्गीत सम्मानबाट सम्मान गरिनेछ । त्यसैगरी जोजिजु म्युजिक स्कुलबाट स्थापित विश्व सङ्गीत प्रोत्साहन पुरस्कार गायक रोम तामाङलाई प्रदान गरिनेछ । सन् १९७६ मा अमेरिकी नागरिक जोल कोहनले परिकल्पना गरेको कार्यव्रmम फ्रान्सको संस्कृति मन्त्रालयका सङ्गीत तथा नृत्य निर्देशक मौरिस Çलरेटले सन् १९८१ मा फ्रान्स सरकारलाई प्रस्ताव पेश गरेपछि संस्कृति मन्त्री ज्याक लङगको अगुवाइमा सन् १९८२ बाट आयोजना गर्न थालिएको हो ।

शान्ति र सद्भाव छर्ने उद्देश्य सहित हाल विश्वमा १ सय २० भन्दा बढी राष्ट्रका सात सय भन्दा बढी शहरहरूमा मनाइने विश्व सङ्गीत दिवसको कार्यव्रmम वि.सं. २०५५ देखि नेपालको काठमाडौंमा र २०६० देखि कवि तथा संस्कतिकर्मी तीर्थ श्रेष्ठको पहलमा पोखरामा पनि मनाउन सुरु गरिएको छ । विभिन्न वाङ्मयीक संस्थाहरूद्वारा हरेक वर्ष विविध सांस्कृतिक कार्यव्रmमका साथ निरन्तर यस कार्यव्रmमको आयोजना गर्ने गरिएको हो ।

यस पटक स्टार्स स्टुडियो मूल आयोजक र सह—आयोजकका रूपमा पोखरेली युवा साँस्कृतिक परिवार, सङ्गीत प्रशिक्षण केन्द्र, हिमाली सांस्कृतिक परिवार, राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान, कास्की, झिंगु भाय झिंगु संस्कृति पुच, सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान, अनुशीलन कला पाठशाला, अली मिया“ लोकवाङ्मय प्रतिष्ठान, जोजिजु म्युजिक स्कुल, पोखरेली साङ्गीतिक कलाकार संघ, पोखरा लोक सङ्गीत समूह, तराना म्युजिक सेन्टर, भक्ति सङ्गीत प्रतिष्ठान, त्रिवेणी सङ्गीतालय, झलकमान गन्धर्व सारङ्गी पाठ्शाला, साङ्गीतिक कलाकार संघ, नेपाल कास्की र गुरूकुल सङ्गीत प्रशिक्षण केन्द्र रहेका छन् ।