विश्व फोटोग्राफी दिवस, पोखरामा प्रभातफेरी सहित साईकल यात्रीलाई सम्मान

 

पोखरा, भदौ २ ।

१८० औँ बिश्व फोटोग्राफी दिवस पोखरामा पनि विविध कार्यक्रम गरि मनाईएको छ ।

बिश्व फोटोग्राफी दिवसको अवसरमा पोखरामा प्रभातफेरी सहित साईकल यात्रीलाई सम्मान गरि मनाइएको छ । कार्यक्रम फोटोग्राफर संघ गण्डकी प्रदेशको आयोजनमा भएको हो ।

कार्यक्रममा देश ब्यापी साईकल भ्रमणमा निस्कीएका खोटाङका यूवा कर्ण श्रेष्ठलाई खादा तथा सम्मानपत्रले सम्मान गरिएको छ । सम्मान पछि बोल्दै श्रेष्ठले देशलाई भ्रष्टाचार मुक्त बनाउनुका साथसाथै देशका विभिन्न पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्ने उदेश्यले साईकलबाट नेपाल भ्रमणमा निस्केको बताए ।

विश्व फोटोग्राफी दिवसका अवसरमा पर्यटन प्रबद्र्धन गर्दै भ्रष्टाचार मुक्त देश बनाउनका लागि देश दौडाहामा निस्केका व्यक्तिलाई सम्मान गर्ने अवसर मिल्नु पनि गण्डकी प्रदेशका फोटोग्राफर, पत्रकार तथा फोटोपत्रकारहरुका लागि गौरवको कुरा भएको फोटोग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेलले बताए ।

कार्यक्रममा विश्व फोटोग्राफी दिवसका बारेमा फोटो पत्रकार महासंघ गण्डकीका अध्यक्ष राम गुरुङ, पोखरा उधोग बाणिज्य संघका कार्यसमिति सदस्य रामेश्वर अधिकारी लगायतले आ–आफ्नो धारणा राख्दै फोटोग्राफीको महत्वका बारेमा प्रकाश पारेका थिए ।

पोखराको मानवअधिकार चोकबाट सुरु भई चिप्लेढुंगा, महेन्द्रपुल हुँदै पुनः मानवअधिकार चोकमा पुगेर कोणसभामा गरी समापन भएको प्रभातफेरी कार्यक्रमको सञ्चालन फोटोग्राफर संघ गण्डकीका महासचिव तुलसी राम सुवेदीले गरेका थिए