विश्वकै सबैभन्दा ठूलो जहाज युक्रेनमा ध्वस्त

एजेन्सी, १६ फागुन
विश्वको सबैभन्दा ठूलो विमान, एन्टोनोभ एएन–२२५, युक्रेनमा रुसी आक्रमणको क्रममा नष्ट भएको छ । यो खबरले उड्डन जतगमा चिन्ता र उदासी उत्पन्न गरेको छ ।

युक्रेनियन भाषामा ‘म्रिया’ र ‘ड्रिम’ भनिने यो विशाल विमान किएभ नजिकैको एयरफिल्डमा पार्क गरिएको थियो । यसलाई रुसी आक्रमणकारीले हमला गरेको युक्रेनी अधिकारीले बताए ।

तर यो विमान ध्वस्त पारिएको कुराको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । एन्टोभोन कम्पनीका अनुसार विज्ञद्वारा अनुसन्धान नभएसम्म उक्त विमानको प्राविधिक अवस्थाबारे थाहा नहुने बताएको छ ।