विश्वकप क्रिकेटको तालिका सार्वजनिक, उदघाटन खेलमा इङ्गल्याण्ड र दक्षिण अफ्रिका भिड्ने

काठमाडौं, वैशाख १५ ।

सन् २०१९ मा इङ्गल्याण्डमा हुने विश्वकप क्रिकेटको तालिका सार्वजनिक भएको छ । मे ३० देखि १४ जुलाईसम्म हुने विश्वकपको पहिलो प्रतिस्पर्धा आयोजक इङ्गल्याण्ड र दक्षिण अफ्रिकाबीच हुनेछ । यो खेल लण्डनको ओभल मैदानमा खेलाइने छ । यसैगरी दोस्रो खेल ३१ मेमा नटिङ्घमको ट्रेन्टब्रीजमा वेस्ट इण्डिज र पाकिस्तानबीच हुने छ । छिमेकी मुलुक भारतले भने आफ्नो पहिलो खेल ५ जुनमा दक्षिण अफ्रिकासँग खेल्ने छ ।