विमान दुर्घाटनामा ज्यान गुमाएका पोखराका पौडेल को हुन् ?

पोखरा, फागुन २९ ।
सोमबार दिउँसो काठमाडौमा भएको विमान दुर्घटनामा परि पोखराका एक जनाको ज्यान गएको छ । पोखरा लेखनाथ महानगरपालिका ६ जरेवरका सञ्जय पौडेलको ज्यान गएको हो । युएस बंगला एयरलाइन्सको विमान दुर्घटना हुँदा बंगलादेशस्थित जलालाबाद राजीव राबिया मेडिकल कलेज एण्ड हस्पिटलमा एमविविएस सकेर नेपाल फर्किदै गरेका पौडेलको ज्यान गएको हो ।
उनका बाबु सञ्जयलाई लिन काठमाडौ विमानस्थलमा पुगेका थिए । उनका बाबु दामोदर पौडल पोखराको लेकसाइडमा व्यावसाय गर्दै आएका छन् । सञ्जय एक मात्र छोरा हुन् । माछापुच्छे गाउँपालिका ६ धिताल घर भएका दामोदर उनका दुई भाई सहित पोखरामा लामो समय देखि व्यवसाय गर्दै आएका छन् । सञ्जय पोखराका मदरल्याण्ड माविबाट एसएलसि पास गरेका थिए भने सगरमाथाबाट विज्ञान विषय पढेका थिए ।