विमान दुर्घटनामा ज्यान गुमाएका पौडेलको शव पोखरा ल्याईयो, आजै अन्त्यष्टी गरिने

पोखरा, चैत ५ ।
फागुन २८ गते सोमबार काठमाडौमा भएको विमान दुर्घटनामा परि ज्यान गुमाएका पोखराका सञ्जय पौडेलको शव पोखरा ल्याएको छ । दुर्घटनाको एक साता पछि पोखरा उनको शव पोखरा ल्याईएको हो । ओगोले जलेकोले शव पहिचान गर्नै १ साता लागेको हो । पोखरा लेखनाथ महानगरपालिका ६ जरेवरका स्थायी बासिन्दा उनी लामो समयदेखि बंगलादेशको जलालावाद राजीव राबिया मेडिकल कलेज एण्ड हस्पिटलमा एमविविएस सकेर नेपाल फर्किएका थिए ।
सञ्जय एक मात्र छोरा हुन् । माछापुच्छे गाउँपालिका ६ धिताल घर भएका दामोदर उनका दुई भाई सहित पोखरामा लामो समय देखि व्यवसाय गर्दै आएका छन् । सञ्जयले पोखराको मदरल्याण्ड माविबाट एसएलसी पास गरेका थिए भने सगरमाथा मावि मा बिज्ञान संकाय पढेका थिए । उनको शव आजै अन्त्यष्टी गरिने परिवार श्रोतले जनाएको छ ।