विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु

एजेन्सी, बैशाख २३ ।
एक रुसी विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ । मस्को विमानस्थलमा आकस्मिक अतवरण गर्ने क्रममा सुखोई सुपरजेट–१०० विमानमा आगलागी भएको हो ।

रुसको सरकारी मिडियाका अनुसार मस्कोबाट मारमास्क जादैँ गरेको उक्त विमानमा सवार चालक दलका ५ सदस्यसहित ७८ जना थिए । तीमध्ये ४१ जनाको मृत्यु भएको हो । ३७ जनालाई भने जीवितै उद्धार गरिएको छ ।

रुसको सरकारी विमान कम्पनी एयरोफ्लोटले प्राविधिक गडबडीका कारण विमान एयरपोर्टमा फर्कनुपरेको र अवतरणका क्रममा विमानको इञ्जिनमा आगो लागेको थियो । घटना आइतबारको हो ।

विमानका यात्रुहरुलाई आपतकालिन ढोकाबाट निकालेर केही वाच्न सफल भएका छन् । अवतरण गर्ने क्रममा विमान उर्फिएर कालो धुवाँको मुस्लो सहित जलेको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पीडित परिवारप्रति समावेदना व्यक्त गरेका छन् ।