विप्लव समूह र प्रहरीबीच दोहोरो भिडन्त, प्रहरी र विप्लवका कार्यकर्ताको मृत्यु

काठमाण्डौं, असार २५ ।
भोजपुर सदरमुकाममा एक प्रहरी र विप्लव समूहका कार्यकर्ताको भिडन्तमा मृत्यु भएको छ । यो घटनाको भोजपुर सदरमुकामको हटिया लाइनमा भएको हो ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नुरहरि खतिवडाले नेपालखबरलाई दिएको जानकारी अनुसार भिडन्तमा प्रहरी जवान सञ्जिव राई र विप्लव कार्यकर्ता नीरकुमार राईको मृत्यु भएको हो ।

मारिने नीरकुमार राई विप्लव समूहका ओखलढुंगा जिल्ला इन्चार्ज भएका बताइएको छ । भोजपुरको सदरमुकामस्थित शनिबारे हटिया लाग्ने ठाउँमा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको उनले बताए ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।