विप्लव समूहलाई वार्तामा ल्याउन सरकार असफल : प्रवक्ता शर्मा

 

सुनसरी, असोज ७ ।

कांग्रेस प्रबक्ता विश्वप्रकाश शर्माले भुमिगत आन्दोलन गरिरहेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहलाई वार्तामा बोलाएर समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।

धरानमा जागरण अभियानको समापन कार्यक्रममा बोल्दै उनले विप्लवलाई बार्ताको लागि तयारी हुन र सरकारलाई बार्ताको वातावरण निर्माण गर्न समेत आग्रह गरे ।

उनले सिके राउतलाई शान्ति प्रकृयामा ल्याउन सफल भएका प्रधानमन्त्री केपी ओली र प्रचण्डले विप्लवसँग बार्ता गर्न असफल भएको टिप्पणी गरे ।

ओली नेतृत्वको सरकार दुई बर्ष बित्न नपाउँदै जनता दिक्क भएको भन्दै उहाँले आगामी निर्वाचनमा नेकपाको पत्तासाप हुने जिकिर गरे । (ईमेजखबरबाट साभार)