विप्लव नेकपामा आउनैपर्छ, नत्र ठूलो क्षति हुन्छ : अध्यक्ष दाहाल

 

काठमाडौं, पुस २६ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीमा समाहित हुन विप्लव समूहलाई आग्रह गरेका छन् ।

शनिबार काठमाडौमा विप्लब समूहका पोलिट्व्युरो सदस्य मोहन कार्की र ताम्सालिङ् इन्चार्ज सीता कार्कीलाई नेकपामा प्रवेश गराउँदै उनले मूल पार्टीमा समाहित नभए विप्लव समूहलाई चुनौती बढ्ने बताए ।

उनले विप्लब पनि नेकपामा आउनै पर्ने भन्दै नआए त्यसले विप्लवलाई नै क्षति पुग्ने पनि बताए ।

अध्यक्ष दाहालले चुलोचौका कुरेर बस्ने सबै समूहलाई आफ्नो पार्टीमा समाहित नभइ नहुने स्थिति सृजना हुने पनि बताए ।

समाजवाद आफ्नो पार्टीको लक्ष्य भएको भन्दै समाजवादको कार्य्दिशामा केन्द्रीत हुनका लागि पनि उनले आग्रह गरे ।

कम्युनिष्ट पार्टीको एकताबाट राजनीतिक स्थायीत्व भएपनि जनचाहना अनुसारको काम गर्न नसकिएको उनको भनाइ थियो ।
(ईमेजखबरबाट साभार)