विप्लवलाई पक्राउ गर्न देशैभर खोजी

काठमाडौं, चैत २१ ।
प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई पक्राउ गर्न खोजी तीव्र पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेतालाई जनअदालतमा उपस्थित हुन उर्दी गरेलगत्तै प्रहरीले उनको खोजी तीव्र पारेको छ । एक महिना पहिले जिल्ला अदालत भोजपुरले विप्लवविरुद्ध ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा म्यादपुर्जि जारी गरेपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विप्लवलाई पक्राउ गर्न मातहतका निकायलाई आदेश दिएको थियो ।
तर पछिल्लो समय विप्लवले आफ्ना गतिविधिलाई तीव्रता दिन थालेपछि प्रहरीले देशभर नै उनको खोजी तीव्र बनाएको हो । एक उच्च प्रहरी अधिकारीले भने, ‘प्रहरीले सबैतिर खोजिरहेको छ, भेट्ने वित्तिकै हामी पक्राउ गर्छौं ।’ नागरिक दैनिकले छापेको छ ।