विपी स्मृति भवन बनाउन भुर्जुङखोलामा गुञ्जिए कर्ण दास

पोखरा, कार्तिक १९ ।

‘आफ्ना लागि होईन देशका लागि बाँचेर हेर
मुटुभरी नेपालको माया साँचेर हेर’

कर्ण दासको स्वर निस्किने वित्तिकै भुर्जुङखोला दर्शकको हुटिङले केहीबेर सुसायो । विवेक मल्लले लेखेका देशभक्तिमा समर्पित यो गीतमा कर्णले नै संगीत भरेका छन् । त्यसपछि अर्को गीत गुञ्जियो ‘ठूला ठूला महल होईन….।’ शिरैमा शिरवन्दी, जिन्दगीको के भरोसा लगायत दर्जनभन्दा बढी गीत कर्ण दासले भुर्जुङखोला स्थित गण्डकी रेन्वो ट्राउट फार्मको स्टेजमा पस्किए । अन्तिम गीत जिन्दगीको के भरोसा गाएर नसक्दै दर्शकले ‘वान्स मोर’ धेरै पटक दोहो¥याए । दर्शकको आग्रहपछि गीत नदोहो¥याई उनले प्रश्तुती रोक्नै सकेनन् र दोहो¥याएर उही गीत गाए ।

दर्शकहरुले उनका हरेक गीत निकै चाख मान्दै सुनरिहे । कोहिले रमाईलो मान्दै नाचे पनि । कोही थपडी मार्दै बेफुर्सदीला थिए । उनीसँगै गीत गुनगुनाउने पनि उत्तिकै थिए । कर्णदासका गीत विपीका विचार आपसमा निकै मिल्छन् । त्यसैले पनि विपीलाई सम्झिँदै गीत सुन्नेहरु पनि निकै धेरै थिए ।

नेपाली काँग्रेस माछापुच्छ«े गाउँपालिका वडा नम्बर २ सार्दिखोला इकाई समितिले विपी स्मृति भवन निर्माण सहयोगार्थ कर्ण दास सांगीतिक साँझ कार्यक्रम गरेको हो । निर्माणाधीन भवन पूरा गर्न आर्थिक अभाव भएपछि समितिले संगीतको बाटो रोजेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सांसद सूर्यबहादुर केसीले विपीको स्मृतिमा आफुले सक्दो सहयोग गर्ने बचन दिए । ‘देश पूरै विपीको सिद्धान्तमा हिडिरहेको छ । अरु पार्टीहरुले पनि विपीकै विचारलाई पछ्याईरहेका छन्, उनले भने–विपीलाई कालजयी बनाउन लागेका यूवाहरुको काम प्रशंसनीय छ । यसमा सक्दो सहयोग गर्न म तत्पर छु ।’

कार्यक्रममा काँग्रेसका सयौं नेता तथा कार्यकर्ताहरु सहभागी थिए । इकाई सभापति गुञ्जमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन माछापुच्छ«े १ का वडाध्यक्ष वीरेन्द्र गुरुङले गरेका थिए । सांगीतिक कार्यक्रमबाट ५ लाख भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको सभापति गुरुङले बताए । ५ लाख रुपैयाँ सहयोग संकलन भैसक्यो । ७ लाखजति उठ्न बाँकी छ, उनले भने–सबैले प्रतिबद्धता जनाउनुभएको छ । केही दिनभित्रै पूरै रकम उठाईसक्छौं ।’

समितिले २ तले भवन निर्माण गरेर विपी स्मृति पुस्तकालय सहित संग्रालय निर्माण गर्ने लक्ष्य सहित काम गरिरहेको छ । तत्कालका लागि आधुनिक पुस्तकालय निर्माण गर्ने र पछि संग्राहलयकै रुपमा स्थापित गर्ने गुरुङको भनाई छ ।