विद्यार्थी नेता ढकाललाई पितृशोक

पोखरा, असोज ९ ।
नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य भानु ढकाललाई पितृशोक परेको छ । ढकालका पिता समाजसेवी, काँग्रेसका क्रियाशिल सदस्य चन्द्रमणी ढकालको ७२ बर्षको उमेरमा सोमबार निधन भएको हो । फोक्सोको क्यान्सर देखिएपछि ६ महिनादेखि पोखराको गण्डकी हस्पिटलमा उपचाररत चन्द्रमणीको अस्पतालमै निधन भएको हो । २०६२ मा जेठा छोरा लोकतन्त्रिक आन्दोलनका योद्धा एवं नेबिसंघ पृथ्वीनारायण क्याम्पस पोखराका पुर्ब सभापति स्व. कमलमणि ढकालको मृत्युपछि डिप्रेसनको सिकार भएका थिए ।
ढकाल कालिका क्षेत्रमा समाजसेवीका रुपमा स्थापित थिए । २०५४ को स्थानीय चुनावमा काँग्रेसबाट साविक कालिका गाविस वडा नम्बर ८ को वडाध्यक्ष निर्वाचित भएका उनी निरन्तर विभिन्न स्कुल, सडक लगाएतका समितिमा रहेर काम गरेका छन् । मृतक ढकालको आजै कालिकाको मादी बेशीमा अन्तेष्टी गरिने परिवार श्रोतले जनाएको छ ।
ढकालको शवमा काँग्रेस कास्कीका सभापति कृष्ण केसी सहित नेताहरु शुक्रराज शर्मा, शोभियतबहादुर अधिकारी, रामजी कुवँर, नेतृ सरस्वति गुरुङ, ४ वटै निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति लगाएतले काँग्रेसको झण्डा ओढाएका थिए । दाहसंस्कारका लागि कास्की काँग्रेसका थुप्रै नेता कार्यकर्ताहरु सहभागी छन् । मृतक ढकालको २ छोरा (जेठा छोरा २०६२ को आन्दोलनमा मृत्यु), ४ छोरी र श्रीमति छन् ।