विदेश भ्रमणमा चिरीबाबुको कीर्तिमानी, विद्यासुन्दर पनि पछिपछि

काठमाण्डौं, मंसिर ६ ।
ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन सबैभन्दा धेरै विदेश जानेमा परेका छन् । महर्जन सोमबार राति मात्रै साताव्यापी भ्रमणको समय मिलाएर भियतनाम उडेका छन् । केही समयअघि मात्रै उनी मंगोलिया पुगेर फर्केका थिए ।ण्

यो सहित महर्जनको ११औं विदेश भ्रमण हो । उनी प्रमुखका रूपमा निर्वा्चित भएको एक वर्षभित्रै ११ पटक विदेश भ्रमण गरेर कीर्तिमान कायम गरेका छन् ।

यसैगरी, दोस्रो नम्बरमा काठमाडौंका प्रमुख विद्यासुन्दर शाक्य छन् । उनी एक वर्षमा ६ पटक विदेश भ्रमणमा गएका छन् । काठमाडौं महानगरपालिकाका अनुसार उनी पछिल्लोपटक चीनको साताव्यापी भ्रमण सकेर शनिबार मात्रै स्वदेश फर्किएका छन् ।

यसअघि उनी अमेरिका गएका थिए । महानगर स्रोतका अनुसार शाक्य फेरि छिट्टै विदेश जाने तयारीमा छन् । राजधानी दैनिकमा खबर छ ।