विज्ञानलाई विद्यालय तहदेखि जोडिने

 

काठमाडौं, भदौ १६ ।

विज्ञानलाई विद्यालय तहदेखि नै जोड्ने गरी प्रदेश र स्थानीय तहमा सातौँ राष्ट्रिय विज्ञान दिवस मनाउने तयारी भएको छ ।

दिवसलाई विज्ञानसँग सम्बन्धित सबै क्षेत्र, निकाय, तथा विद्यायलाई आ–आफ्नो स्थानबाट विभिन्न कार्यक्रम आयोजना गरी साताव्यापीरुपमा अझ व्यवस्थित र प्रभावकारी ढङ्गले मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको हो ।

दिवसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा गठित ४३ सदस्यीय मूल समारोह समितिको पहिलो बैठकले विज्ञानका क्षेत्रमा कार्यरत् निजी क्षेत्रको समेत दिवसमा प्रतिनिधित्व गराइ प्रदेश र स्थानीय तहमा दिवस मनाउन आग्रह गरिएको मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले जानकारी दिए । (रासस)