विकास जनतामुखी छ वा छैन मुल्यांकन गरौं : अधिकारी

 

पोखरा, कार्तिक २९ ।

कास्की जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारीले विकासलाई सहि तरिकाले अगाडी बढाउन सबैको एकता आवश्यकता रहेको बताएका छन् ।

मादी गाउँपालिका वडा नं १२ को भवन शिलन्यास गर्दै अधिकारीले अहिलेको विकासको मोडलले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई पुरा गर्नेमा आशंका व्यक्त गरे ।

‘विकास जनतामुखी छ वा छैन मुल्यांकन गरिनुपर्दछ,समृद्ध नेपाल सुखी नेपालीका लागी विकासको मोडललाई पनि परिर्वतन गरिनुपर्दछ’,अधिकारीले भने, ‘उत्पादन विनाको बिकासले सहि दिशा लिदैन, सबै उत्पादनसंग जोडीनु पदर्छ ।’

अधिकारीले जनताका काम गर्ने क्रममा आउने गाली, आलोचनाबाट नडराउन जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

कास्की जिल्ला समन्वय समितिको मौज्दात कोषवाट मादीका वडा ४ , ५, ७, ८, ९ र १२ नम्बर वडाको वडा भवन निर्माण गरिँदैछ ।

जसका लागी जिल्ला समन्वयले ६० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशतको साझेदारी गरेका छन् ।

जिल्ला समन्वय अधिकारी नवराज बरालले वडा नं १२ को भवन निर्माणका लागी कुल ६९ लाख ७६ हजार ७ सय ६७ रुपैया ८४ पैसा लागत लाग्ने बताए । जसमा मादी गाउँपालिकाले २७ लाख ९० हजार ७ सय ७ रुपैया १४ पैसा लगानी गर्नेछ ।

भवन निर्माणका लागी जिल्ला समन्वय र गाउँपालिका बिच सम्झौता भैसकेको बरालले जानकारी दिए ।

बराले अपांगमैत्री , वातारण मैत्री भवन निर्माणमा ध्यान दिन निर्माण कम्पनीलाई सुझाए ।

मादी गाउँपालिका उपाध्यक्ष विष्णुमाया पौडेलले बजेट विनियोज हुने भन्दा पनि समयसिमा भित्रै निर्माण सम्पन्न हुने कुरा महत्वपूर्ण रहेको बताइन् ।

उनले भवन निर्माणका क्रममा स्थानियहरुको निरीक्षण पनि उत्तिकै महत्वपूर्ण हुने भनाइ राखिन् ।

वडा नं १२ का वडा अध्यक्ष चित्र बहादुर गुरुङल निर्माण सामाग्रीको ल्याब परिक्षण गरेर मात्रै प्रयोगमा ल्याउने सम्झौता भएकाले भवनको बलियो बन्ने अपेक्षा व्यक्त गरे ।

उनले निर्माण सम्पन्न नहुँदा सम्म हरेक दिन जनप्रतिनिधीहरुले आलोपालो रुपमा निरिक्षण गर्ने योजना रहेको सुनाए ।

नेकपा जिल्ला सदस्य पदम पौडेलले तिनै तहका सरकार जनताको सोच र अपेक्षा अनुरुपको गतिमा अगाडी बढ्दै गएको बताए ।

कार्यक्रमा जिल्ला समन्वय समितिका सदस्यहरु वृहस्पती सापकोटा, गोमा अधिकारी, सव इन्जिनियर दिपक तिमिल्सेना र स्थानियहरु सहभागिता रहेको थियो ।