वाम गठवन्धनबाट नयाँ शक्ति बाहिरियो

काठमाडौं, असोज २७ ।
नयाँ शक्ति पार्टी नेपाल वाम गठवन्धनबाट बाहिरिएको छ । उसले आफ्नै चुनाव चिह्न आँखा लिएर निर्वाचन लड्ने निर्णय गरेको छ ।
यसअघि नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई एमालेको सूर्य चिह्नबाट चुनाव लड्ने सहमति थियो । शुक्रबार बसेको नयाँ शक्तिको विस्तारित बैठकले आँखा चिह्न लिएर चुनाव लड्ने निर्णय गरेको हो ।
गठवन्धनमा आवद्ध दल एमाले र माओवादी केन्द्र सहमतिको मर्म्विपरित गएकाले आफ्नै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने निर्णय गरिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
वाम गठवन्धनबाट बाहिरिँदै नयाँ शक्तिले उम्मेदवारहरू समेत घोषणा गरेको छ । बैठकले अध्यक्ष डा. बाबुराम भट्टराई गोरखा २ बाट, कृष्णकुमार चौधरी कैलाली ३ बाट र दानबहादुर चौधरी कपिलबस्तु १ बाट, प्रेम तामाङ रसुवाबाट र मदन राई खोटाङबाट चुनाव लड्ने निर्णय गरेको हो ।