वर्ल्डलिंकले पोखराका अनलाईनलाई निशुल्क इन्टरनेट दिने

पोखरा, पुस ७ ।
वल्र्डलिंक कम्युनिकेशनस् लिमिटेड र अनलाइनपत्रकार संघ गण्डकीले सहकार्य गर्ने भएको छ । उनीहरुबीच निशुल्क इन्टरनेट जडान सम्झौता भएको हो ।

सोमबार सम्झौतापत्रमा वल्र्डलिंकको तर्फबाट गण्डकी प्रदेशका क्षेत्रीयबजार अधिकृत हेम गुरुङ र अनलाइनपत्रकार संघ गण्डकी प्रदेशको तर्फबाट अध्यक्षकमल सुवेदीले हस्ताक्षर गरेकाहुन् ।

सम्झौतापत्रमा अनलाइन पत्रकार संघ गण्डकी मार्फत आएका अनलाइनपोर्टलहरुलाई वल्र्डलिंकले इन्टरनेट जडान सुविधा निशुल्क रुपमा उपलब्ध गराउने उल्लेख गरिएको छ । निशुल्क इन्टरनेट उपलब्ध गराएबापत अनलाइन मिडियाहरुले वल्र्डलिंकको प्रचारात्मक सामाग्री प्रकाश नगर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

वल्र्डलिंकका गण्डकी प्रदेश क्षेत्रीयबजार अधिकृत हेम गुरुङले मिडियासँग साझेदारी गर्दै आगामी कार्यक्रम तय गरिने जानकारी गराए । उनले पोखरा लगायत गण्डकी प्रदेश भित्रदर्ता भएका अनलाइनपोर्टलहरुलाई वल्र्डलिंकले निशुल्क इन्टरनेट सुविधाउपलब्ध गराउने बताए । मिडियाका लागि इन्टरनेट र इन्टरनेटका लागि मिडिया भन्ने अभिप्रायले आफुहरुले सामाजिक उत्तरदायित्व अन्र्तगत सो कार्य गरिरहेको भनाई उनको छ ।

अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्षकमल सुवेदीले पहिलो चरणमा पोखराबाट संचालित ३० वटा अनलाइन पोर्टलहरुलाई वल्र्डलिंकले निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराएको बताए । ‘हामीले पहिलो चरणमा पोखराबाट संचालितभएका ३० वटा अनलाइन पोर्टलहरुलाई इन्टरनेट सुविधा उपलब्ध गराउने गरी सम्झौता गरेका छां, उनले भने, ‘वल्र्डलिंक सँग प्रदेशका अन्य जिल्लाबाट संचालित भएका अनलाइनहरुलाई पनि इन्टरनेट उपलब्ध गराइनेछ ।’

सुवेदीले वल्र्डलिंकमार्फत प्राप्त निशुल्क इन्टरनेटकाकारण खर्चमा कटौतीहुने बताए । सो सम्झौता स्पेक्स् फोर्टीनको समन्वयमा गरिएको हो । स्पेक्स् फोर्टीनले पोखरा केन्द्रीत रहेर विज्ञापन एजेन्सी लगायत इभेण्ट म्यानेजमेण्टको कामगर्दै आएको छ ।