लोमन्थाङ चिनाउने दुइवटा म्युजिक भिडियो सार्वजनिक

पोखरा १७ पुस ।
भ्रमण वर्ष २०२० लाई लक्षित गरी निर्माण गरिएको उपल्लो मुस्ताङको लोमान्थाङ चिनाउने दुइवटा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टद्धारा निर्मिते “लोमन्थाङ गाउ र लोमन्थाङमै बसम” बोलको गीतको म्युजिक भिडियो भ्रमण वर्ष उद्घाटन समारोहका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेका हुन ।

लोमन्थाङ चिनाउने दुइवटा म्युजिक भिडियो सार्वजनिक

सो अवसरमा वोल्दै गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले गण्डकी प्रदेश आफैमा प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेको प्रदेश भएकाले भ्रमण वर्ष २०२० सफल हुनेमा कुनै शंका नरहेको वताए । गण्डकी प्रदेश हिमालदेखी तराइ सम्म फैलिएको र अन्य प्रदेशहरुमा भन्दा बढी मात्रामा पर्यटकीय गतिविधीहरु सञ्चालन भइरहेकाले पनि भ्रमण वर्ष सफल हुने उनको भनाइ रहेको थियो ।

लोमन्थाङ चिनाउने दुइवटा म्युजिक भिडियो सार्वजनिक

हिमालपारिको जिल्ला उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रको पुरातात्विक, ऐतिहासिक, प्राकृतिक र सांस्कृतीक सम्पदाको प्रवद्र्धन गरी भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यले लोमान्थाङ गाउ वोलको आधुनिक र लोमन्थाङमै बसम वोलको लोक गीत निर्माण गरिएको हो ।

लोमन्थाङ चिनाउने दुइवटा म्युजिक भिडियो सार्वजनिक

गण्डकी प्रदेश सभा सदस्य विष्टले एक वर्षको तलबभत्ता बरावरको लगानीमा उक्त म्युजिक भिडियोहरुको निर्माण गरेका हुन । लोमान्थाङ गाउ वोलको आधुनिक गीतमा गायिका जुनु रिजालले स्वर दिएकी छिनभने र लोमन्थाङमै बसम वोलको लोकगीतमा चर्चित लोकदोहोरी गायक रामजी खांड र संगीता थापा मगरको स्वर रहेको छ । आधुनिक गीतमा निशा गुरुङको अभिनय रहेको छभने लोक गीतमा गायक गायिका स्वयंको अभिनय रहेको छ ।

लोमन्थाङ चिनाउने दुइवटा म्युजिक भिडियो सार्वजनिक

दुवै गीतको शब्द रचना रमेश बिजीले गरेका हुन । दुवै गीतमा बिबी अनुरागीकोे संगीत संयोजन छ भने म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्टले गरेका छन् । भिडियो छायांकन भने राजेश घिमिरेले गरेका हुन । प्रिजीमा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतहरुको पोष्ट प्रोडक्सन साइभिजन प्रा.लि.को रहेको छ ।

उक्त गीतहरुको छायांकन उपल्लो मुस्ताङको लोमान्थाङ बजार, चराङ, मराङ र चैले र तल्लो मुस्ताङको छुसाङ, कागबेनी, मुक्तिनाथ, धौलागिरि र निलगिरि बेसक्याप लगायतका क्षेत्रमा गरिएको हो । उक्त गीत लाफा म्युजिक युट्युव मार्फत बजारमा ल्याइएको छ ।