लेखनाथ सामुदायिक अस्पतालमा तोडफोड र चोरी

पोखरा, भदौ ३० ।
पोखरा ३० मोहोरियामा रहेको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा तोडफोड भएको छ । मोहरिया, देउराली खोला वस्ने वावुराज घले र सुरज थापाले तोडफोड गरेको अस्पतालले जनाएको छ ।

‘पहिले केही औषधी मागेका थिए । हामीले दिन मिल्दैन भनेपछि एकासी तोडफोडमा उत्रिए, अस्पतालका डाक्टर विशाल सापकोटाले भने–डाक्टरको पुर्जी विना औषधी दिन मिल्दैन । उनीहरुले त्यत्तिकै औषधी मागे दिन मिल्दैन भनेको औषधी नै चोरेर भागे ।’

उनका अनुसार ति युवाले नारकोटिक औषधी मागेका थिए । औषधी चोरेर टिभी समेत फुटाएको सापकोटा बचाउँछन् । डाक्टरहरुले अस्पतालमा उचित सुरक्षाको व्यवस्था गर्न माग गरेका छन् ।

तोडफोड गर्ने दुवैजनालाई पक्राउ गरी आवश्यक कारवाही अगाडी वढाएको इलाका प्रहरी कार्यलय डाँडाको नाकले जनाएको छ ।