लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा ढकाल, सबै पद निर्विरोध

पोखरा, भदौ ११ ।
लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा बलराम ढकाल निर्विरोध निर्वाचित भएका छन् । १२ औं अधिवेशनले ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संघको इतिहासमै पहिलो पटक सबै पद निर्विरोध रुपमा भरिएको हो ।

मंगलवार तोकिएको उमेदवारी मनोनयनको निर्धारित समयभित्र अध्यक्षसहित सबै पदमा आवश्यक्ता अनुसारको मात्रै उम्मेदवारी परेको छ । यद्यपी निर्बाचन समितिले भने उम्मेदवारी फिर्ता लिने समय भदौ १२ गते ३ बजेसम्म तोकेका कारण निर्वाचनको परीणाम घोषणा भएको छैन । संघको भदौ २० र २१ गते अधिवेसन हुँदैछ ।

यसअघि संघका बर्तमान महासचिव भरत कुमार अधिकारी र गिता देवि सुवेदीले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेपनि पछि सहमतीमा छोडेका हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा छत्रधर आत्रेय, प्रथम उपाध्यक्ष विनोद श्रेष्ठ, द्वितीय उपाध्यक्ष राजेन्द्र ओझा, महासचिवमा गोपिचन्द्र वास्तोला, उपमहासचिव उपेन्द्रराज सुवेदी र कोषाध्यक्षमा जानुका अधिकारीको मात्र उमेदवारी परेको छ । अहिलेको निर्वाचनले आर्को ईतिहास पनि कायम गरेको छ जसमा संघमा पहिलो पटक पदाधिकारीमा महिला उमेदवार अधिकारी चुनिएका छन् ।

यसैगरी, आवस्यक ८ खुला सदस्यहरुमा भरतराज ओझा, भीमबहादुर सार्की, रामजी पौडेल, धिरजकुमार श्रेष्ठ, बुद्धिप्रसाद बास्तोला, मेनुका श्रेष्ठ, रामजी पौडेल, राधाकृष्ण अधिकारी, शैलेन्द्रमोहन भट्टराई पनि सर्वसम्मत भएका छन् भने दुई महिला सदस्यमा डिलकुमारी दाहाल, इन्दिरा रोक्का, एसोसिएट सदस्यमा बिक्रम कर्माचार्य र संस्थागत सदस्यमा सुदेब गुरुङको मात्र उमेदवारी रहेकाले उनिहरु पनि सर्वसम्म रुपमा निर्वाचित हुने छन् ।