लेखनाथमा जलाएर १ जनाको हत्या

पोखरा, चैत २३ ।
पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ३२ मजुवामा एक युवकको शव फेला परेको छ । जलाईएको अवस्थामा अन्दाजी २२ बर्षका युवकको शव फेला परेको हो । घटनाबारे अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।
स्थानीयले देखेपछि प्रहरीले खवर गरेका थिए । शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । पोष्टमार्टम पछि मात्रै घटनाबारे थाहा हुने प्रहरीले जनाएको छ ।