लुक्ला संसारकै डरलाग्दो एयरपोर्ट

सोलुखुम्बु, बैशाख ५ ।
समुन्द्री सतहबाट दुई हजार आठ सय मिटरको उचाइमा रहेको, पाँच सय २७ मिटर लम्बाइ र २० मिटर चौडाइ भएको लुक्ला विमानस्थलको धावनमार्ग अन्य विमानस्थलभन्दा छोटो भएकाले उडान र अवतरण दुवै कठिन हुने हवाईविज्ञहरु बताउने गर्छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

उडान र अवतरणका बेला अचानक समस्या देखिए कुनै वैकल्पिक व्यवस्था गर्न नसकिने भएका कारण लुक्ला विमानस्थल विश्वकै बढी जोखिम भएको विमानस्थलको रुपमा चिनिएको छ । एक छेउमा सात सय मिटर अग्लो भीर भएकाले पनि तेन्जिङ हिलारी विमानस्थल संसारकै डरलाग्दा १० विमानस्थलमध्ये एक मानिन्छ ।