ला ग्राण्डीमा नेविसघंको पहिलो अधिवेसन, भण्डारी बने सभापति

पोखरा, माघ १३ ।
नेपाल विद्यार्थी संघ ला ग्रान्डी कलेज इकाइ समितिको पहिलो अधिवेशन भएको छ । अधिवेशनले जीवन भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

समितिको उपसभापतिमा विकल पौडेल चयन भए भने अन्य पदाधिकारी र सदस्य पछि थप हुने छ । कार्यक्रममा नेविसंघका नेताहरु सर्बेन्द्र नेउपने, सबिता महत, सुमन सुनार, सन्तोष सिग्देल, सुदिप नेउपाने, सचिन पोख्रेल, बिकास भण्डारी, मनिक राजभण्डारी, सपना थापा, अपेक्षा कार्की, उत्सव थापा लगायत सहभागी थिए ।

सभापति विनय पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पवन अधिकारीले गरेका थिए । पौडेलले संगठनको मर्यादामा रहेर विद्यार्थीको हकहितका लागि काम गर्न सुझाए ।