लाहान मालपोत कार्यालयमा बम विस्फोट, ८ जना घाईते

पोखरा, चैत १ ।
सिराहाको लाहानस्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ । विस्फोटमा परी ८ जना घाईते भएका छन् । सेवाग्राही दिनेकुमार भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । घाइतेहरुको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, घटनास्थलमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समुहको पर्चा भेटिएको छ । विष्फोट भएको स्थानमा उक्त समूहको पर्चा भेटिएका कारण सोही समूहले कुकर बम विष्फोट गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।