लागूऔषध सहित ३ जना पक्राउ

पोखरा, असोज १७ ।
स्याङजामा लागू औषध सहित ३ जना पक्राउ परेका छन् । वालिङ नगरपालिका १३ गाहाखोला स्थित सिद्धार्थ राजमार्गमा चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

बुटवलबाट पोखराका लागि छुटेको माईक्रोमा लागू औषध ल्याउँदै गर्दा बुप्र्रिनर्फिन ७५ थान, डाइजापाम ७५ थान र फेनरागन ७५ तथा नाइट्रोसन ४३ थान बरामद गरेको छ । लागू औषध ल्याउने बेनीका ३२ बर्षिय श्रीराम कार्की पनि पक्राउ परेका छन् ।

यस्तै, सोही ठाउँमा झाडीमा लुकाईराखेको अवस्थामा ५ सेट सिरिन्ज, २३ थान फेनरागन, २४ थान डाइजापाम र २२ थान बुप्रिनर्फिन पनि बरामद गरेको छ । स्याङजा भीरकोटका २१ बर्षिय भरत गुरुङ र २० बर्षका सहितविन मिया पक्राउ परेका प्रहरीले जनाएको छ ।