लमजुङमा २४ घण्टामा ८६ भुकम्प

पोखरा, जेठ ६ ।
लमजुङमा वितेको २४ घण्टामा ८६ वटा भूकम्पको धक्का महसुस भएको छ । बुधबार विहान ५ बजेर ४२ मिनेट जाँदा भुलभुले केन्द्र बनाएर ५.८ रेक्टरको भूकम्प गएपछि लगातार पराकम्पहरु नापिएका छन् ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार चार रेक्टरभन्दा माथिका ६ वटा र सो भन्दा कम रेक्टरका ८२ वटा भूकम्पका धक्का गएको छ । चारभन्दा माथि बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८, ८ बजेर १६ मिनेटमा ४, ८ बजेर १७ मिनेटमा ४.१, ८ बजेर २६ बजेटमा ५.३, बुधबार राति ९ बजेर २३ मिनेटमा ४ र १० बजेर ३९ मिनेटमा ४.५ रिक्टर स्केललको भूकम्प गएको छ ।

भुकम्प रोकिने वा नरोकिने मापन केन्द्रले भन्न सकेको छैन ।