लकडाउन १२ दिन थप, बैशाख १५ गतेसम्म जारी हुने मन्त्रीपरिषद्को निर्णय

पोखरा, बैशाख २ ।
कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन १२ दिन थप गर्ने निर्णय गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

हवाई उडान बैठकले वैशाख १८ गतेसम्म स्थगित गरिनेछ । चैत ११ गतेदेखि लागू गरेको लकडाउनको समय बुधबार सकिँदैछ ।

हालसम्म नेपालमा १६ जना कोरोना संक्रमित भेटिइसकेका छन् । निरन्तर कोेरोना संक्रमण बढ्दै गएपछि तेश्रो पटक लकडाउन थप्ने निर्णय गरिएको हो ।