रोटरी क्लव पोखरा न्यूरोडको छैटौं आँखा जाँचमा ६७३ लाभान्वित

 

पोखरा, भदौ २९ ।

रोटरी क्लव पोखरा न्यूरोडको छैटौै पटकको आँखा जाँचबाट ६ सय ७३ लाभान्वित भएका छन् । क्लबले तनहुँको म्याग्दे गाउपालिका स्थित जामुनेको राधा माविका विद्यार्थी तथा शिक्षकको आँखा जाच गरेको हो । क्लवको बार्षिक कार्ययोजना अनुरुप छैटौं पटकको कार्यक्रममा नर्सरीदेखी १० कक्षा सम्मका विद्यार्थीहरुको आँखा जाँच भएको थियो ।

क्लवका कार्यक्रम संयोजक राम बिक्रम अधिकारीका अनुसार आँखा जाँचका क्रममा ४ जनाको अपरेसन गर्नु पर्नपर्ने देखिएको छ । जसमा एक जनाको मोतियाबिन्दु, १ जनामा परेलाको अप्रसन र दुई जनाको सामान्य सल्यक्रिया गर्नुपर्ने देखिएको हो । समस्या देखिएका विद्यार्थीहरुको अपरेसन पनि रोटरी क्लव अफ पोखरा न्युरोड र मनिपाल अस्पताल मार्फत निशुल्क गरिदिइने भएको छ ।

कार्यक्रममा आवश्यकता अनुसारका निशुल्क चस्मा र औसधी पनि बितरण गरिएको थियो । साथै कार्यक्रममा बाबा फाउन्डेसनको सहयोगमा ४ थान डस्टविन तथा स्टेशनरी समेत वितरण गरिएको थियो ।

कार्यक्रम कल्बका अध्यक्ष रोटरियन दिनेशचन्द्र बस्तोलालाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

दुई जना डक्टर सहित पाँज जनाको समुहले विद्यार्थीको आँखा जाँच गरेको थियो भने आँखा जाँच कार्यक्रम मनिपाल अस्पतालको प्राबिधिक सहयोगमा सम्पन्न भएको थियो ।