राष्ट्रियसभा बैठक अनिश्चित समयका लागि स्थगित

 

काठमाडौं, चैत्र ७ ।

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न थप सतर्कता अपनाउनुपर्ने देखिएको भन्दै राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

बिहीबार सभाको बैठक बसेको भएपनि राष्ट्रिय सभाका अध्यक्षले शुक्रबारबाट अनिश्चत समयका लागि बैठक स्थगित गरेका हुन् । बुधबार मात्र सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको थियो ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा शुक्रबार बस्ने भनिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको राष्ट्रियसभाका सचिव राजेन्द्र फँुयालले जानकारी दिए ।

राष्ट्रिय सभाको बैठक स्थगनसँगै संघीय संसदका दुबै सदनको बैठक स्थगित भएको हो । प्रतिनिधि सभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित गरिसकिएको छ ।
(ईमेजखबरबाट साभार)