राष्ट्रपतिमा दोहोरिने भण्डारीको इच्छा, खनाल पनि लविङमा

काठमाडौं, माघ २ ।
विद्या भण्डारीले राष्ट्रपतिमा दोहोरिने इच्छा ब्यक्त गरेकी छिन् । भण्डारी र बर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन दुवैले फेरि एक कार्यकाल दोहोरिने इच्छा देखाएका हुन् । स्रोतका अनुसार दुवै जनाले दोहोरिने इच्छासहित आन्तरिक लबिङ तीब्र पारेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई दोर्होयाउने पक्षमा सकारात्मक देखिएका छन् । तर, दुई पार्टीबीच पार्टी एकताका क्रममा नेताहरूको व्यवस्थान गर्ने क्रममा नयाँ राष्ट्रपति उपराष्ट्रपतिका साथै सभामुख उपसभामुख परिवर्तन हुने सम्भावना बढी छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले नेता झलनाथ खनालले राष्ट्रपतिका लागि इच्छा देखाएको र खनालले राष्ट्रपतिका लागि चासो राख्दै गृहकार्य अगाडि बढाएका श्रोत बताउँछ ।