रामघाट महिला समूहमा अनिताको निरन्तरता

पोखरा, पुस २३ ।
पोखराको रामघाट स्थित रामघाट महिला समूहमा पुनः अनिता तिमिल्सीना निर्वाचित भएकी छिन् । कवि शिरोमणि लेखनाथ पौड्यालको जन्म स्थल अर्घौ अर्चलेमा शनिवार सम्पन्न ८ औं साधारणसभा तथा ५ औं अधिवेशनले तिमिल्सीनाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष सरस्वती भण्डारी, सचिव कलावती शर्मा, सहसचिव सुकमाया श्रेष्ठ र कोषाध्यक्ष गीता शर्मा चयन भए । सदस्यहरुमा दुर्गा केसि, जानुका अधिकारी, मन्जु गौतम, उषा पाण्डे, शारदा तिमिल्सिना, सीता तिमिल्सिना, सरस्वती तिमिल्सिना, सीता आचार्य, बन्दना थापा र रुपा पौडेल छन् ।
साधारणसभालाई सम्बोधन गर्दै काँग्रेस नेतृ सरस्वती गुरुङले महिलाको सक्रियताले देश विकास र समृद्ध हुने बताईन् । ‘जुन ठाउँमा महिला सक्रिय छन् त्यहाँको विकास छिटो हुन्छ । त्यसैले महिलाहरु बढी सचेत हुनु जरुरी छ, उनले भनिन्–महिला शिक्षित र सचेत भए चुल्हो चौकामा मात्रै सीमित हुनुपर्दैन ।’ उनले महिला सशक्तिकरण र नेतृत्व क्षमताका लागि आँफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाईन् ।
कार्यक्रमकै अवसरमा संस्थालाई सहयोग गरेका विभिन्न ब्यक्तित्वहरु सम्मानित भए । अध्यक्ष अनिता तिमिल्सीनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कलावती शर्माले गरिन् भने स्वागत सहसचिव सुकमाया श्रेष्ठले गरेकी थिईन् ।