राना थारुलाई छुट्टै जातको मान्यता

 

काठमाडौं, माघ २३ ।

सरकारले राना थारुलाई छुट्टै जातमा सूचीकरण गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

राना थारु छुट्टै जातमा सूचीकृत भएपछि आदिवासी र जनजाति अन्तर्गतका जात वा समुदायको संख्या ६० पुगेको छ । आदिवासीरजनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ ले ५९ जातलाई आदिवासी र जनजाति परिभाषित गरेको छ ।

ऐन अनुसार आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको जाति वा समुदाय ‘आदिवासीरजनजाति’ हुन् ।

संविधानमा थारु आयोग र आदिवासी जनजाती आयोग गठनको व्यवस्था गरिएको छ ।

नेपालमा राना थारुको जनसंख्या करिब ३ लाख ५० हजार जना रहेको अनुमान छ ।
(अनलाइनखबरबाट साभार)