राजा वीरेन्द्रको निजी निवास पनि खुला गर्ने तयारी

काठमाण्डौं, कार्तिक २७ ।
नारायणहिटी संग्रहालय स्थापना भएको ११ वर्ष पनि संग्रहालयलाई विकास समिति बनाउने र गणतन्त्र स्मारक, राजा वीरेन्द्रको आवास गृह श्रीसदनलगायत अन्य संरचना अवलोकन गर्न मिल्ने गरी व्यवस्था मिलाउन लागिएको छ ।

यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यकारी प्रमुख नियुक्ति प्रक्रिया अघि बढाएको र आवश्यक पर्ने दरबन्दी, बजेट कर्मचारी व्यवस्थापन लगायतका विषयमा अध्ययन शुरु गरेको छ ।

यही कार्तिक ५ गते बसकेको मन्त्रिपरिषद्को बैठकले नारायणहिटी संग्रहालयलाई विकास समिति बनाउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा मन्त्रालयले योजना तयार गरेको हो । आजको नेपाल समाचारपत्रमा समाचार छ ।