राजनितिक भागभण्डाकै कारण धेरै संस्थाहरुमा अस्थिरता देखियो : मुख्यमन्त्री गुरुङ

 

पोखरा, भदौ ३० ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनितिक हस्तक्षेपबाट मुक्त संघ संस्थाहरुमा राम्रो काम भैरहेको बताएका छन् । नेपालमा राजनितिक भागभण्डाकै कारण धेरै सस्थाहरुमा अस्थिरता देखिएको भन्दै मुख्यमन्त्री गुरुङले राजनितिक हस्पक्षेप मुक्त संस्थाहरुले तुलानात्मक रुपमा राम्रो भएको आफुले पाएको बताए ।

साहारा क्लबको ११ आँै अधिवेशनको दोभिल्ला पोखरामा उदघाटन गर्दै मुख्यमन्त्री गुरुङले हिमालयन आखा अस्पताल पोखरा, एसओएस बालग्राम पोखरा र साहारा क्लब पोखरा राम्रो काम गर्ने सस्थाहरु भएको उदाहरण दिए । ‘यी सस्थाहरुले सरकारबाट हालसम्म अनुदान पाएका छैनन् तर विभिन्न क्षेत्रबाट रकम जम्मा गरेर उदाहरणीय काम गरिरहेका छन्’ उनले भने ‘यस्ता सस्थाहरुलाई प्रदेश सरकारले सधै पोत्साहन गर्छ र आवश्यक सहयोग गर्छ ।’

हिमालयन आखा अस्पताललाई ५० लाख, एसओएस बालग्रामलाई एक करोड सहयोग गरिएको समेत उनले जानकारी दिए । साहारा एकेडेमी पोखरामा रहेका २४ जना जुनियर खेलाडीको सहयोगार्थ लाग्ने बार्षिक खर्च २० देखि ३० लाख खर्च प्रदेशले व्यहोर्ने समेत पनि मुख्यमन्त्रीले घोषणा गरे । अझै पनि देश निर्वाहमुखी र गुजरामुखी अवास्थामा रहेको दृष्टान्त दिँदै मुख्यमन्त्री गुरुङले सवै मिलेर यस्ता अवास्थालाई माथि उठाउनुपर्ने आवश्यकता आँल्याए ।

मुख्यमन्त्रीले राम्रो काम गर्ने संघसस्थाले प्रदेशले अनुदान दिने योजना प्रदेशको रहेको समेत जानकारी दिए । सो अवसरमा साहारा पत्रकारिकता पुरुस्कार २०७६ बाट नागरिक दैनिका पत्रकार सन्देश श्रेष्ठलाई सम्मान गरिएको छ । पुरुस्कारको राशी २० हजार ५ सय ५५ रुपैया र प्रमाणपत्र रहेको छ ।