राकियोस् पारिवारिक बिखण्डन !!

अस्मिता थापामगर
गोरखा, असार ४ ।
गोरखा नगरपालिका १० की निर्मला शर्मा (नाम परिवर्तन) कोे प्रेम बिबाह भयो, त्यो पनि अन्तजातिय । उनको श्रीमान् बिदेश आउने जाने गर्दथे । बिबाह भएको सुरुसुरुमा सम्बन्ध राम्रै चल्यो । उनिहरुको बच्चा पनि जन्मियो । त्यसपछि उनको श्रीमान् फेरि बिदेशिए र सम्पर्कबिहिन भए,उनिमाथि ठुलो समस्या आईप¥यो । निकै सकसले उनले बच्चाको पालनपोषण गरिन् । बिदेश गएको १२ बर्षपछि उनको श्रीमान् फर्केर आए । दुखको बेला एक्लै छोडेर जाने श्रीमान्को ओछ्यान मात्रै बनेर बस्न उनलाई पटक्कै मन लागेन र उनले श्रीमान्संग डिभोर्स गरिन् । आयआर्जनमुलक सिप सिकिन् । सिलाईको काम गर्दै अहिले उनि आफ्नो संतानसंग खुशिसाथ बस्दै आएकी छिन् ।

 

त्यस्तै अर्काे कथा, गोरखा नगरपालिका ४ की सम्झना थापा (नाम परिबर्तन)को पनि । कलेज पढ्दै गर्दा १८ बर्षको उमेरमा उनि आफ्नै क्लासमेटसंगको प्रेममा परिन् । उनिहरु दुई बिचको प्रेम बिस्तारै झ्याङ्गिदै गयो,यो कुरा उनिहरुको घर परिवार सम्म पुग्यो । केटो आफ्नै जातको भएपनि उनको घरपरिवारले उनिहरुको प्रेम स्विकार गरेन । अन्तत त्यो प्रेम जोडिले भागेरै बिबाह गर्र्ने सोच बनाए र परिवारको सहमति बिना नै बिबाह बन्धनमा पनि बाधिँए ।

 

केहिबर्ष… सम्बन्धले राम्रै रफ्तार लियो तर केहि समयपछि भने एक अर्कामा मनमुटाव सुरु हुन थाल्यो । बिस्तारै त्यो सुन्दर प्रेमजोडिको एक अर्काप्रतिको प्रेम,सर्मपण र विश्वास कम हुदै जान थाल्यो । मनमुटावले निम्त्याएको झगडाले हात हालाहाल सम्मको स्थिति सृजना भयो र उनि माईतिमा नै बस्न थालिन् । माइति बसेको २ बर्ष बित्दा पनि उनको घरपरिवारले लिन नआएपछि उनि आफैले नै सम्बन्ध बिच्छेदको प्रकृया अघि बढाईन् । गत आर्थिक बर्षमा जिल्ला अदालत गोर्खाले फैसला गरेको ४६ वटा मुद्धा मध्य एक मुद्धा उनको पनि थियो ।

 

यस्ता खाले समस्याले पुरुषबाट महिला मात्रै होइनन् महिलाबाट पुरुष पनि उत्तिकै पिडित छन् । गोरखा नगरपालिका १० कै एक जना दाइ रमेश (नाम परिबर्तन) परिवारलाई राम्रो लगाउने मिठो खुवाउने उद्देश्यले बिबाह गरेको तीन महिनामैै बिदेश हिडे । अनेक दुख र कष्ट सहेर कमाएको धन बिश्वास गरेर श्रीमतीलाई पठाइरहे । चार बर्षपछि नेपाल फर्किदा न धन थियो न माया गरेकी बिश्वास गरेकी श्रीमती नै । उनले पछि मात्रै थाहाँ पाए कि उनकी श्रीमतीले उनलाई धोका दिएर अरु नै कसैसंग बस्न थालेको दुई बर्ष भैसकेछ ।

 

यी घटना पछिल्लो समय मैले सुनेको र देखेको मेरो समाजको प्रतिनिधि घटना हो । सुन्दा कुनै कथा जस्तो लाग्ने यस्ता घटनाहरु हिजोआज गाउसहर जताततै बग्रेल्ती सुन्न पाईन्छन् ।

 

गएको आर्थिक बर्ष २०७३÷७४ मा जिल्ला अदालत गोर्खामा दर्ता भएका ४ सय ९० मुद्धा मध्ये सम्बन्ध बिच्छेदका मुद्धा सबैभन्दा धेरै १ सय ८० वटा रहेको पाइयो । ति मध्ये १ सय ४ वटा मुद्धा सम्बन्ध बिच्छेदका लागि मिलापत्र गरियो भने ४६ वटा मुद्धा फैसला भयो । गोरखामा मात्रै होईन गएको आर्थिक बर्षमा सबै जसो ठाँउमा सम्बन्ध बिच्छेद बढेको हेडलाईन पत्रपत्रिकामा छापिए ।

 

आखिर किन बढिरहेको छ त समाजमा सम्बन्ध बिच्छेदका घटना ?

अनि कसले रोक्ने समाजमा सम्बन्ध बिच्छेदले पारिरहेको असर ?

हुन त, कुनैपनि सम्बन्ध जोगाइराख्ने वा भत्काउने भन्ने कुरा नितान्त ब्यत्तिको अधिकार भित्रको कुरा हो । तर केहि सम्बन्ध यस्ता हुन्छन् जसले ब्यत्तिसंग भन्दा धेरै समाजसंग सम्बन्ध राखेको हुन्छ । त्यस्तै खालको सम्बन्ध हो बैबाहिक सम्बन्ध । सम्बन्ध बिस्तार गर्ने सबैभन्दा राम्रो संस्कार बिबाह हो । यसले एक महिला र एक पुरुषको बीच मात्र नभएर एक परिवार र अर्काे परिवार,एक समाज र अर्को समाज समुह र सम्प्रदायलाई नै एक आपसमा जोड्ने गर्दछ ।

 

हाम्रो समाजमा बिबाह संस्कार र सम्बन्धलाई निकै पवित्र सम्बन्धकोे रुपमा हेरिने र लिने गरिन्छ । बिबाहले हाम्रो परम्परा र मुल्य मान्यतामा निकै ठूलो महत्व राखेको हुन्छ । सामाजका हरेक खालको मान मर्यादाको ख्याल गर्दै मानिसले बैबाहिक जीवनको सुरुवात गरेको हुन्छ । समाजमा एकपटक बिबाह बन्धनमा बाधिँएपछि सात जनम सम्मको लागि बन्धन गासिने मान्यता रहिआएको छ तर अहिलेको समयमा परम्परागत मान्यतालाई चुनौति दिदै बैबाहिक सम्बन्धबाट स्वतन्त्र हुन चाहानेको संख्या समाजमा क्रमश बढिरहेको पाइएको छ ।

 

यसले गर्दा पछिल्लो समय हाम्रो समाजमा सम्बन्ध बिच्छेदको घटना बढिरहेको पाइएको छ । त्यसमाथि पनि सम्बन्ध बिच्छेद गरिपाउ भनि अदालतमा मुद्धा दर्ता गराउनेमा अधिकांस महिला रहेको पाईएको छ ।

 

सानै उमेरमा बिबाह हुनु,बिबाहपछि पारिवारिक बेमेल हुनु,निजी जीन्दगी प्रतिको सोचाई,हिंसा नसहने प्रविृत्ति तथा कुनैपनि प्रकारको सम्झौता नचाहाने किसिमका मानिसहरु सम्बन्ध बिच्छेद गरेर नयाँ जीन्दगीको सुरुवात गर्न चाहान्छन् र गरिरहेका छन् । सम्बन्ध बिच्छेदका कारणहरु बिभिन्न हुने गरेका छन् । ब्यत्तिगत कारण,पारिवारिक कारण,सामाजिक कारण र परिस्थितिजन्य कारण यस्ता बिभिन्न खाले कारणले सम्बन्ध बिच्छेद हुने गर्दछ ।

 

योे समय प्रबिधि र परिबर्तनको प्रभाबका कारण मानिसहरु संसारका जुनसुकै कुनामा सजिलै पहुँच राख्न सक्दछन् । दशौ लाख भन्दा धेरै मानिसहरु अध्ययन,रोजगारी लगायत बिभिन्न सिलसिलामा बिदेशिएका छन् । यसकारण उनिहरुमा पश्चिमि सभ्यताका प्रभाब पनि उत्तिकै परिरहेको छ भने ब्यत्तिगत चाहाना र आबश्यकतामा परिवर्तन आएको छ ।

 

बर्तमान समयमा देशमा बढेको बेरोजगारीले निम्त्याएको बैदेशिक रोजगार र पश्चिमा संस्कृतिको प्रभाब सम्बन्ध बिच्छेदको प्रमुख कारक हो भन्दापनि फरक नपर्न सक्छ । हतारको निर्णय,आवेग,स्वार्थ अविश्वास बिचको सम्बन्धले बैबाहिक सम्बन्ध टुट्ने गरेको छ । अन्याय,अत्याचारमा परेका,हिंसाका सिकार भएका र बिभिन्न हिसाबले पिडामा रहेकालाई भने सम्बन्ध बिच्छेद राम्रो कानुनी उपचार हो ।

 

यहि भाद्र १ गतेबाट लागु भएको नयाँ मुलुकी ऐनले अबदेखि पुरुषले पनि जिल्ला अदालतबाट सम्बन्ध बिच्छेदको प्रक्रिया अघि बढाउन सक्ने ब्यबस्था गरेको छ । त्यस्तै धनी मानिससित बिबाहगरि केहि समयपछि अंशमानाको मुद्धा हाल्ने र छोडपत्र गरि आधा सम्पती लिएर छोड्ने मनासयले पनि यो समस्या बढेको एकथरिको बुझाइ छ । तर अहिलेको कानुनले भने यस्तो समस्यालाई ध्यानमा राखि एकतर्फि रुपमा महिलाले छोडपत्र गर्न चाहेमा उसले श्रीमान्को अंश दाबी गर्न नपाउने ब्यबस्था गरेको छ,तर श्रीमान्ले छोडपत्र गर्न चाहेमा भने आधा सम्पति दिनुपर्ने ब्यबस्था गरेका छ ।
यसभन्दा अघि पुरुषको हकमा राज्यले महिलालाई दिएको सम्बन्ध बिच्छेदको सजिलोे कानुनको कारण पनि सम्बन्ध बिच्छेदका घटना बढिरहेका हुन सक्ने अर्काे थरिको धारणा छ । यसरी हेर्दा मानिसहरु पुर्बिय सभ्यताको धार भत्काउदै पुरातनबादी सोचलाई नकार्दै स्वतन्त्र र आफ्नै खालको जीन्दगी बाँच्न खोजिरहेको देख्न सकिन्छ ।

 

जे जस्तो कारणले समाजमा सम्बन्ध बिच्छेदका घटना बढेपनि यो राम्रो भने पक्कै होईन । सम्बन्ध बिच्छेदका घटना महिला पुरुष दुबैमा कम गर्नुपर्ने र यसले कोहि कसैलाई पनि राम्रो नगर्ने समाजशास्त्रीहरुको धारणा छ । यसले राम्रो नतिजा पनि नदिने र समाजमा पारिवारिक बिखण्डन बढाउदै लैजानुको साथै सामाजिक रुपान्तरणमा नै असर गर्ने उनिहरुको धारणा छ ।

 

बाबुआमा बिचको द्धन्द्ध र सम्बन्ध बिच्छेदको प्रत्यक्ष असर उनिहरुको कलिला मस्तिष्कका बालबच्चामा परिरहेको छ । जसले गर्दा उनिहरुमा सम्बन्धप्रति नकारात्मक भावना पैदा हुने गर्दछ । अर्काेतिर पुरुषको तुलनामा सम्बन्ध बिच्छेद गरेका महिलाहरुलाई समाजमा पूर्नस्थापना हुनपनि उत्तिकै कठिन छ ।

 

यसरि सम्बन्ध बिच्छेदको घटनाले नेपाली पारिवारिक संरचनाको समाज दुर्घटनाग्रस्त जस्तै भएको छ । यसले समाजको समग्र परिबर्तन र सामाजिक बिकासमा समेत असर पारिरहेको छ । यसलाई कम गर्न श्रीमान श्रीमतीबीच एकआपसामा बिश्वासको सम्बन्ध हुनुपर्ने र एकअर्काको अस्तित्व स्विकार तथा सम्मान गर्ने,आफ्ना सन्तानको भबिष्य मिलेर सोच्ने,चित्त नबुझेका कुराहरुमा कहिलेकाही दुबै पक्षबाट सम्झौता गर्दै जीन्दगी अगाडि बढाउन सक्नुपर्ने देखिन्छ ।

 

सम्बन्ध बिच्छेद र यस सम्बन्धी अधिकार ब्यत्तिको नितान्त ब्यत्तिगत अधिकारको कुरा हो तर यो एउटा जल्दोबल्दो सामाजिक समस्या होे । यसलाई महिला अधिकारकर्मीहरु महिलाको सोचमा आएको परिवर्तन,महिलामा बिस्तारै बढ्दै गएको आत्मनिर्णय,आत्मनिर्भरताको राम्रो नतिजा मान्ने गर्दछन् । तर यस्ता घटना र बिषयमा राम्र्रोसंग केलाएर अध्ययन गर्नु अति जरुरी देखिन्छ,होइन भने भोलि हाम्रो समाजमा यसले बिकराल स्थिति न निम्त्याउला भन्न सकिन्न ।
यस्ता घटना र दुर्घटनाबाट समाजलाई जोगाउन,पारिवारिक बिखण्डनका घटनालाई कम गराउन,समग्र समाज र देशको बिकास गर्नका निम्ति राज्य तथा राजनीतिक दलहरुले पनि बिशेष भूमिका खेल्नुपर्दछ । देशमा रोजगारीको अबसर सृजना गर्नु राज्यको दायित्व हुन जान्छ । त्यस्तै अधिकारकर्मी,नागरिक समाज तथा हामी सबैको भूमिका बलियो हुनुपर्ने देखिन्छ ।