रवीन्द्र अधिकारीलाई सम्झिँदै अनेरास्ववियुको भरतपोखरीमा विद्यार्थीलाई सहयोग

पोखरा, बैशाख १५ ।
स्व. रवीन्द्र अधिकारीको ६० औं दिनको स्मृतिमा अनेरास्ववियु भूगोल जिल्ला कमिटी कास्कीले विद्यार्थीलाई स्टेशनरी र खेलकुद सामग्री सहयोग गरेको छ । पोखरा ३३ भरतपोखरी स्थित शान्ति उदय माविमा अध्ययनरत १ सय ८० विद्यार्थीलाई स्टेशनरी र स्कुललाई खेलकुद सामग्री वितरण गरिएको अध्यक्ष शेखर गौतमले जानकारी दिए ।

सोही अवसरमा अनेरास्ववियुले निकालेको क्यालेण्डर अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष र वडा ३३ का अध्यक्ष शिव आचार्यले बिमोचन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि रश्मि आचार्यले रवीन्द्र अधिकारिले शिक्षा क्षेत्रमा छोडेको छाप अमेट रहेको भन्दै त्यसलाई पछ्याउन आग्रह गरे ।

अनेरास्ववियुले सहयोग गरेको विद्यालयमा स्व. अधिकारी १० कक्षासम्म अध्ययन गरेका थिए । कार्यक्रमको संचालन क्षेत्रीय इन्चार्ज रोशन भट्टराई र अध्यक्षता शेखर गौतमले गरेका थिए ।