रविन्द्र स्मृति भलिवलको उपाधी मातृभुमीलाई

 

पोखरा, भदौ १७ ।

बाघमारा युवा संगम समूहद्वारा आयोजित तीज महोत्सव तथा स्व.रविन्द्र स्मृति भलिवल प्रतियोगिताको उपाधी मातृभूमी युवा क्लब, सिंगारेवासले जितेको छ ।

प्रतियोगितामा द्वितीय र तृतीय स्थान क्रमशः बाघमारा युवा संगम समूह, बागमारा र सिर्जनशिल युवा क्लब भर्तिपोखरा समूहले हासिल गरेका छन् ।

प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय समूहलाई गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले क्रमशः २० हजार र १० हजार र पाँच हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्रदान गरे ।

त्यस्तै तीज गीत प्रतियोगिता तर्फ लक्ष्मी मा.वि.समूह प्रथम, पोखरा आमा समूह द्वितीय र अनुशासित आमा समूह तृतीय बनेका छन् । उत्कृष्ट नृत्य तर्फ बाघमारा युवा संगम समूह विजयी भएको छ ।त्यस्तै खुल्ला तीज गीत प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १० हजार, पाँच हजार र तीन हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरियो । उत्कृष्ट नृत्य गर्ने समूहलाई दुई हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरियो ।

कार्यक्रममा अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले नेपाली समाजको समाजिक तथा आर्थिक रुपान्तरणमा स्व.रविन्द्र अधिकारीको योगदानको स्मरण गरे । युवा स्वरोगार अभिबृद्धिका साथै ज्येष्ठ नागरिकका हक हित लगायतका विषय सरकारको प्राथमिकतामा रहेको उनले बताए ।

कार्यक्रमका सभापति एवम् बाघमारा युवा संगम समूहका अध्यक्ष महेश अर्यालले युवाहरू राष्ट्रको महत्वपूर्ण शक्ति भएको भन्दै राज्यले युवा शक्तिलाई स्वदेशमा नै परिचालन गर्ने किसिमको वातावरण निर्माण गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा स्थानीय याताया व्यवसायी संघका अध्यक्ष केदार पौडेल, जिल्ला खेलकुद विकास समितिका सदस्य जीवन खाती हरिप्रसाद आचार्य, बाबुराज आचार्य लगायतले तीज पर्वको महत्व लगायतमा आ आफ्ना धारणा राखेका थिए ।