रबिन्द्र प्रजु समुहको प्यानल तयार (को को छन् ?)

पोखरा, भदौ १८ ।
पोखरा उद्योग वाणिज्य संघको आसन्न ३२ औं महाधिवेशनका लागि रबिन्द्र बहादुर प्रजु प्यानल सार्वजनिक गरिएको छ । आईतवार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरिएको अध्यक्ष र पदाधिकारीदेखि खुल्ला १० सदस्य उम्मेदवारको नाम सार्वजनिक गरिएको हो ।

नेपाली कांग्रेस निकट व्यवसायीको प्यानलका रुपमा रहेको यसको अध्यक्षमा रबिन्द्र बहादुर प्रजु, बरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उद्योग तर्फको उपाध्यक्षमा विन्दु कोइराला सुवेदी, वाणिज्य तर्फको उपाध्यक्षमा पवन प्रजापति, कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छे, महासचिवमा अर्जुन पोखरेल र उप महासचिवमा चिनु गुरुङ छन् ।त्यस्तै खुल्ला १० सदस्यमा बलराम आचार्य, केशब बहादुर खत्री, दिनेशचन्द्र बास्तोला, कुमारी मुना वास्तोला, कृति बल्लभ त्रिपाठी, बुद्धी बहादुर गहतराज, ऋषिराम भण्डारी, प्रेमराज गौतम, शोभा गौतम र रामेश्वर अधिकारी छन् ।

नेकपा निकट व्यवसायीको प्यानल भनिएको दामु अधिकारी नेतृत्वको प्यानल आईतवार पत्रकार सम्मेलन मार्फत १७ बुदे प्रतिबद्धता सहित सार्वजनिक गरिएपछि प्रजु समुहले पनि प्यानल सार्वजनिक गरेको हो । मंगलबार विहान औपचारिक कार्यक्रम गरी प्यानल घोषणा गर्ने प्रजुले बताए ।