रगत अभाव टार्न नेविसंघले ग¥यो रक्तदान, १०२ युनिट संकलन

पोखरा, जेठ ९ ।
पछिल्लो समय बढ्दै गएको रगत अभावलाई पूरा गर्न नेपाल विद्यार्थी संघ कास्कीले रक्तदान आयोजना गरेको छ । लेखनाथमा आयोजित रक्तदानमा १ सय २ युनिट रगत संकलन भएको छ । पोखरा विश्वविद्यालय इकाइको समन्वयमा बिहीबार तालचोकमा खुला रक्तदान आयोजना गरिएको हो ।

कार्यक्रममा वडा नम्बर २७ का अध्यक्ष पूर्णबहादुर गुरुङले विपदका बेला नेविसंघको भूमिका उल्लेख्य रहेको बताए । उनले जनताका हरेक दुखमा साथै रहन आग्रह पनि गरे ।

नेविसंघ पोखरा विश्वविद्यालयका नेता एवं कार्यक्रम संयोजक गोपीकृष्ण तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम काँगेसनेता राजेन्द्रमणी लामिछाने, सरोज केसी, लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी, नेपाल प्रजातान्त्रिक प्राध्यापक संघ पोखरा विश्वविद्यालय इकाइका सभापति सञ्जीव थापा, कार्यक्रम सहसंयोजक राजीव भण्डारी र विद्यार्थी नेता सर्वेन्द्र न्यौपानेले अप्ठेरो पर्दा सामाजिक अभियान चलाउनु विद्यार्थीको दायित्व हुने बताए ।