रक्सीको झोंकमा ढुंगाले बजाए, रन्थनिएकी श्रीमतिलाई पानी खुवाए र बचाउन नसकेपछि भागे

पोखरा, असोज ११ ।
आँफैले मारेकी श्रीमतिको पनि मायाँ ? पोखरामा बुधबार यस्तै घटना भयो । रक्सी पिएर राति ढिलो घर पुगेपछि श्रीमतिले गाली गरिन यान बहादुर गुरुङलाई । रक्सीले टिल परेका यानबहादुरले नजिकैको लोहोरो उचालेर श्रीमतिको टाउकामा बजाईदिए ।

त्यसपछि श्रीमति रन्थनिएर ढलिन् । यानबहादुरले लोटामा पानी ल्याएर श्रीमतिलाई खुवाए । तर श्रीमति उठिनन् । रातभरि श्रीमतिकै आडामा सुते । मरिसकेको थाहा पाएपछि यानबहादुर विहान उठेर घरबाट भागे ।

उनी खुसुक्क भागेनन् । नजिकैको छिमेकीलाई श्रीमतिलाई मारेको खवर साला (श्रीमतिको भाइ) लाई पु¥याईदिन आग्रह गरे । अनि त्यहाँबाट निस्किएपछि स्थानीयले प्रहरीलाई खवर ग¥यो । प्रहरी घटनास्थलमा पुग्यो । एसपी ओम राना सहितको टोलि कुकुर लिएर घटनास्थलमा सर्च गर्न थाल्यो ।

त्यतिबेलासम्म पनि यानबहादुर घटनास्थल वरिपरि नै थिए तर कसैले नदेख्ने गरी लुकेर बसेका । उनले प्रहरीको गतिविधि नजिकैबाट हेरिरहेका थिए । प्रहरीले केहीबेरपछि उनलाई कान्लामुनी खेतको कुनाबाट पक्राउ गर्यो ।

५२ बर्षिय यानबहादुरले ६१ बर्षिया श्रीमति श्रीमाया गुरुङको हत्या गरेका हुन् । हत्या आरोपमा उनलाई कास्की प्रहरीका असई सन्तोष सुवेदी, भद्रकृष्ण पौडेल र सई बिजय चापागाईंको टोलिले पक्राउ गरेको हो ।

पक्राउ परेका गुरुङले श्रीमतीको हत्या गरेको स्वीकारेका छन् । बुधवार राति रक्सी खाएर घर पुगेका गुरुंग र उनकी श्रीमतीबीच सामान्य भनाभन भएको र विवादकै बीच आँफूले नजिकै रहेको ढुंगाको लोहोराले श्रीमतीको टाउकोमा हानेर हत्या गरेको बयान प्रहरीलाई दिएका छन् । शंका लागेर खोज्दै जाँदा डिलमुनी पराल ओढेर बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।