यौनिक तथा अल्पसंख्यक समुदायको मुद्दालाई सम्बोधन नगरेको गुनासो

 

काठमाडौं, कार्तिक २१ ।

यौनिक तथा अल्पसंख्यक समुदायले संविधानले दिएको अधिकार कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

मितिनी नेपालले आज राज्य व्यवस्था र विधानयन समितिमा रहेका सांसदहरुलाई बोलाएर यौनिक तथा अल्पसंख्यक समुदायको मुद्दालाई सम्बोधन गर्नको लागि आग्रह गरेका छन ।

मितिनी नेपालका अध्यक्ष लक्ष्मी गलानले यौनिकताका कारण सरकारले बिभेद् गरेको आरोप लगाए ।

लैंगिक अल्पसंख्यक समुदायबीच अहिले पनि नागरिकता, पासपोर्ट बनाउने समस्या रहेको भन्दै राज्यले दिएको अधिकार पनि कार्यान्वयनमा हुन नसकेको बताए ।

सांसद मिना पाण्डेले यौनिकताका कारण पछाडि पारएको समुदायलाई राज्यले संरक्षण गर्नु पर्ने बताइन ।

विधानयन समितिका सांसदहरुले यौनिक अल्पसंख्यक समुदायको आवाजलाई कानुनी रुपमा संगठित गर्नको लागि पहल गर्ने बताए ।

यौनिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरुले भने देवानी संहिता आफ्नो समुदायलाई बेवस्ता गरेको भन्दै राज्यले सबै समुदायलाई समान रुपमा हेर्नु पर्नेमा जोड दिएका थिए ।
(ईमेजखबरबाट साभार)