युनियन संघले स्थापना दिवस मनाउने

पोखरा, भदौ १८ ।
नेपाल निजामति कर्मचारी युनियन संघले स्थापना दिवस मनाउने भएको छ । भदौ १९ गते भर्चुअल विधिबाट संघले दिवस मनाउन लागेको हो ।

स्थापना दिवसको दिन संघले शुभकामना आदान प्रदान तथा कर्मचारी पुस्तक विमोचन गर्ने संघका सचिव सुरेशकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रम जुम मार्फत हुनेछ ।

कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख अतिथि छन् । बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, विमलेन्द्र निधि, बिजयकुमार गच्छदार, महामन्त्री डा. शसांक कोइराला, प्रबक्ता विश्वप्रकाश शर्मा, नेताहरु डा. शेखर कोइराला, कमला पन्त, गगन थापा लगाएकले सम्बोधन गर्ने छन् ।

कार्यक्रम भदौ १९ गते साढे २ बजेदेखि सुरु हुनेछ ।