युनाईटेड क्लवद्वारा २०७५÷७६ मा २० लाख सामाजिक काममा खर्च

गिता राना मगर

पोखरा, भदौ २१ ।

सामाजिक काममा अग्रणी अवस्थामा रहेको युनाइटेड क्लवले चालु आर्थिक वर्ष २०७५÷०७६ मा २० लाख रुपैया सामाजिक क्षेत्रमा खर्च गरेको छ । स्थापना कालदेखी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माण र सेतीनदी संरक्षणमा काम गर्दै आइरहेको युनाईटेड क्लवले चालु आर्थिक वर्ष २०७५÷०७६ मा सामाजिक काममा २० लाख रुपैया खर्च गरेको हो । पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी पोखरा र आसपासका क्षेत्रमा सामाजिक कामहरुमा आर्थिक सहयोग गर्दै आइरहेको छ ।

जस अन्तर्गत क्लवले चालु आर्थिक वर्षमा पोखरामा निर्माणाधिन पोखरा जुलोजिकल पार्कलाई ९ लाख प्रदान गरेको छ भने, शिक्षा तर्फ २ लाख, सेती नदी संरक्षण तर्फ १० हजार, खेलकुदमा ४ लाख ५० हजार, स्वास्थ्यमा २ लाख, विपद ब्यवस्थापन तर्फ १ लाख ३९ हजार र विभिन्न संघ सस्थाहरुलाई १ लाख १० हजार गरी २० लाख १९ हजार रुपैया सामाजिक काममा खर्च गरेको क्लवका कोषाध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।

शनिवार आयोजित कलवको दशौँ वार्षिक साधारण सभामा कोषाध्यक्षको प्रतिवेदन पेश गर्दै कोषाध्यक्ष तिमिल्सिनाले चालु आर्थिक वर्ष ७५÷७६ मा क्लवले आफ्नो सामाजिक काम अन्तर्गत २० लाख १९ हजार रुपैया शिक्षा, स्वास्थ्य, खेलकुद, नया पर्यटकीय गन्तब्य चिडियाखाना, सेती नदी संरक्षण, विपद ब्यवस्थापन र विभिन्न संघ सस्थाहरुलाई वितरण गरिएको बताए ।

सो अवसरमा बोल्दै प्रमुख अतिथी गण्डकी प्रदेश सभा सदस्य दीपक कोइरालाले युनाईटेड क्लवले १० औँ वर्ष सम्म आइपुग्दा पोखरामा आफुलाई अन्य क्लवभन्दा अग्रणी भुमिकामा उभ्याउन सफल भएको वताउदै अन्य संघ सस्थाहरुले पनि युनाईटेड क्लवले जस्तै सामाजिक कामलाई अवलम्बन गरी अगाडी बढ्नुपर्नेमा जोड दिए । सामाजिक कामको महत्व सवैले बुझ्न सके सभ्य समाज निर्माण हुने भन्दै पोखरामा युनाईटेड क्लवको पहलमा निर्माणाधिन अवस्थामा रहेको जुलोजिकल पार्कको काम कोही कसैले रोकेर नरोकिने समेत बताए ।

त्यस्तै विशेष अतिथी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले युनाईटेड क्लवले समाजलाई सभ्य बनाउनका लागी आवश्यक पर्ने शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता क्रियाकलापलाई अंगालेर अगाडी वढेकोमा धन्यवाद ब्यक्त गर्दै कास्की प्रहरी पनि युनाईटेड क्लवको उद्देश्यसंग सहकार्य गरी अगाडी बढ्ने बताए ।

पोखरा महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष राम बहादुर कार्कीले पोखरामा रहेको युनाईटेड क्लवले पोखरामा सामाजिक कामकै माध्यामबाट आफुलाई चिनाउन सफल भएको भन्दै सामाजिक कामलेनै सबैलाई चिनाउन सहयोग पुग्ने बताए ।

सहारा क्लवका अध्यक्ष केशव बहादुर थापाले पोखरामा १० वर्षको अवधिमा सामाजिक कामकै माध्यामबाट उच्च स्थानमा नाम कमान कोही कसैले नसकिरहेको सन्दर्भमा महोत्सवको आयोजना गरी सामाजिक काममा अगाडी बढ्नु आफैमा चुनौती रहेको भएतापनि सामाजिक कामले युनाईटेड क्लवलाई अगाडी बढ्ने टेवा पुगेको बताए ।

क्लवका सल्लाहकार फत्ते बहादुर गुरुङले युनाईटेड क्लवले सामाजिक कामकै माध्यामबाट अगाडी वढेर राष्ट्रदेखी अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएकोमा आफु गर्वान्वित भएको बताए ।

क्लवका निवर्तमान अध्यक्ष शुक बहादुर गुरुङले युनाईटेड क्लवले लिएको उद्देश्य अनुरुप अगाडी बढिरहदा पछिल्लो समय पोखरा जुलोजिकल पार्कमा भएको विवादले गर्दा आफुहरु निकै चिन्तित रहेको भन्दै आफुहरुले लिएको उद्देश्यलाई प्रदेश सरकारले आफ्नै ठानेर अगाडी बढ्न समेत आग्रह गरे ।

सो अवसरमा बोल्दै युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङले युनाईटेड क्लवको ड्रीम प्रोजेक्ट चिडियाखाना निर्माणमा स्थानियको बाधा उत्पन्न हुदा आफुहरुले स्थापना कालदेखी संकलन गरेको रकमको कहिकतै संरक्षण नहुनेहोकी भन्ने शंका उत्पन्न भएको बताउदै गण्डकी प्रदेशकै गहनाको रुपमा रहेको पोखरा जुलोजिकल पार्कको विवाद मिलाइ निर्माण कार्यलाई तीब्रता दिन गण्डकी प्रदेश सरकारलाई आग्रह गरे ।

कार्यक्रममा प्रथम उपाध्यक्ष राजु श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव शान्त बहादुर थापाले गरेका थिए ।

सो अवसरमा एन्फा कास्कीेले आयोजना गरेको कास्की लिगमा युनाईटेड क्लवबाट सहभागीता जनाएका खेलाडीहरुलाई समेत सम्मान गरिएको थियो ।