युनाईटेड क्लवद्धारा ताङतिङका ५३ विद्यार्थीलाई न्यानो कपडा वितरण

पोखरा २२ माघ ।
युनाईटेड क्लव पोखराले कास्कीको मादी गाउपालिका ताङतिङमा रहेको श्री हिमालय मिलन माध्यामिक विद्यालयमा अन्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । क्लवको शिक्षा कार्यक्रम अन्तर्गत मादी गाउपालिका वडा नम्बर २ मा रहेको श्री हिमालय मिलन माध्यामिक विद्यालयमा अध्ययनरत ५३ जना विद्यार्थीलाई न्यानो कपडावितरण गरेको हो । पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गर्दै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि चिडियाखाना निर्माण संगै सेती नदी संरक्षण र प्राकृतिक विपदमा परेकाहरुलाई आर्थिक सहयोग गर्दै आइरहेको युनाईटेड क्लवले शिक्षा कार्यक्रम अन्तर्गत हरेक वर्ष विद्यालयहरुमा पुगी विद्यार्थीहरुलाई न्यानो कपडा हस्तान्तरण गर्दै आइरहेको छ ।

सो अवसरमा वोल्दै कार्यक्रमका प्रमुख अतिथी मादी गाउपालिकाका अध्यक्ष वेद बहादुर गुरुङ (श्याम) ले युनाईटेड क्लवले पोखरामा महोत्सवको आयोजना गरी वचेको रकमबाट सामाजिक काम गर्दै आइरहदा आफ्नो गाउपालिकामा रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेर सामाजिक काममा थप इट्टा थप्ने काम गरेकोमा धन्यवाद ब्यक्त गर्दै युनाईटेड क्लवको सामाजिक काममा सिंगो मादी गाउपालिकाले साथ र सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । त्यस्तै मादी गाउपालिका वडा नम्बर दुईका अध्यक्ष एक्काजंग गुरुङले पोखरामा रहेको युनाईटेड क्लवले आफ्नो वडामा रहेको विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकामा सिंगो वडावासीको तर्फबाट धन्यवाद ब्यक्त गर्दै क्लवको सामाजिक कामको प्रशंसा सतिह प्रगतिको कामना समेत गरे ।

युनाईटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लवको वार्षिक कार्यक्रम अन्तर्गत गाउ तथा दुर दराजमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री संगै न्यानो कपडा वितरण गर्ने कार्य क्लवले स्थापना कालदेखीनै गर्दै आएको र सोही अनुरुप मादी गाउपालिकाको ताङतिङमा रहेको हिमालय मिलन माध्यामिक विद्यालयमा समेत क्लवले सहयोग गर्न पाउदा निकै खुसी लागेको वताउदै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको उज्जव भविश्यको समेत कामना गरे ।

श्री हिमालय मिलन माध्यामिक विद्यालयका प्रध्यानाध्यापक ओम प्रकाश गुरुङले ताङतिङ जस्तो दुर दराजमा रहेको गाउमा अवस्थित विद्यालयमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीलाई न्यानो कपडा वितरण गरी विद्यालयलाई क्लवले ठूलो गुन लगाएको वताउदै क्लव परिवार प्रति आभार प्रकट गरे । युनाईटेड क्लवका निवर्तमान अध्यक्ष तथा शैक्षिक कार्यक्रमका संयोजक लालकाजी गुरुङले युनाईटेड क्लवले शिक्षा कार्यक्रम अन्तर्गत यो वर्ष मादी गाउपालिका ताङतिङमा रहेको श्री हिमालय मिलन माध्यामिक विद्यालयमा अध्ययनरत ५३ जना विद्यार्थीहरुलाई चिसो मौसममा न्यानो कपडा वितरण गर्न पाउदा आफुहरु निकै हर्सित भएको वताउदै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिइने वताए ।

युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठले क्लवले स्थापना कालदेखीनै सामाजिक कार्यहरु गर्दै आइरहदा यो वर्ष ताङतिङमा रहेको विद्यालयलाई सहयोग गर्न पाउदा आफुहरु निकै खुसी भएको वताउदै ताङतिङ होम स्टे प्रवद्र्धनका लागी आउने महोत्सवमा स्टल निशुल्क उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरे । साथै उनले महोत्सवमा सिंगो ताङतिङको पहिचान झल्काउने झांकी समेत उपलब्ध गराउन आग्रह गर्दै युनाईटेड क्लवको समाजिक क्रियाकलापलाई सधै अगाडि वढाउने प्रतिवद्धता समेत गरे ।

युनाईटेड क्लवले पोखरा मात्र नभइ पोखरा आसपासका छिमेकी जिल्लाहरुमा समेत शिक्षा, स्वास्थ्य, खेलकुदका कार्यक्रम संगै प्राकृतिक विपत्तिमा परेकाहरुलाई समेत सहयोग गर्दै आइरहेको छ । क्लवका महासचिव शान्त बहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा क्लवका पदाधिकारी, सदस्यहरु, गाउपालिकाका वडाका प्रतिनिधी तथा गाउलेहरुको ब्यापक सहभागीता रहेको थियो ।