युनाईटेड क्लवको अध्यक्षमा श्रेष्ठ

पोखरा २३ असोज ।
युनाईटेड क्लवको अध्यक्षमा राजु श्रेष्ठ चयन भएका छन । शुक्रबार सम्पन्न क्लवको ११ औ वार्षिक साधारण सभा तथा पांचौ अधिवेशनले राजु श्रेष्ठलाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो । त्यसैगरी अधिवेशनबाट क्लवको प्रथम उपाध्यक्षमा लोक बहादुर थापा, दितिय उपाध्यक्षमा गणेश तिमिल्सिना, महासचिवमा शान्त बहादुर थापा, कोषाध्यक्षमा सूर्यवहादुर वानिया, सचिवमा दिनेश सुनार र सह–कोषाध्यक्षमा पूर्णकला पोखरेल चयन भएका छन ।

त्यसैगरी सदस्यहरुमा सीमा राई गुरुङ, जयराम आचार्य, सन्तोष कार्की, पूर्ण कुमार श्रेष्ठ, विष्णु कुमार गुरुङ, देवानी सुवेदी, शिव थापा र चन्द्रा पराजुली चयन भएका छन । अधिवेशनपछि नवनिर्वाचित अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लवले लिएको उद्देश्यमानै आफ्नो कार्यसमिति लागि पर्ने प्रतिवद्धता जनाए ।

युनाईटेड क्लवले स्थापना कालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि पोखरामा चिडियाखाना निर्माण, सेती नदी संरक्षण र विपद ब्यवस्थापन अन्तर्गत प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको र सोही अनुरुप अगाडि वढ्दै आफ्नो कार्यकालमा असाह्य जेहेन्दार विद्यार्थीहरुलाई क्लवले अध्ययन गराउने लक्ष्य रहेको वताए ।

त्यसैगरी युनाईटेड क्लवको पहलमा यतिवेला पोखराको लेखनाथ स्थित पचभैयामा निर्माणाधिन पोखरा जु लोजिकल पार्कमा केही विवाद उत्पन्न भइ अदालती प्रक्रियामा रहेको र आफ्नो कार्यकालमा उक्त विवाद सुल्झाउनका लागी प्रत्यत्न गर्ने र हालै क्लवले लेखनाथमा आफ्नो भवन निर्माणका लागि जग्गा समेत लिइसकेको र आफ्नो कार्यकालमा क्लव विस्तार संगै क्लवको आफ्नै भवन निर्माणको लागि पहलकदमी थाल्ने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले वताए ।

यसैविच निवर्तमान अध्यक्ष लालकाजी गुरुङले आफ्नो कार्यकालमा विपद ब्यवस्थापन कोष स्थापना गरेको र आपद विपदमा परेकोलाई सहयोग गर्न क्लव सक्षम रहेको वताए । त्यसैगरी क्लवले आफ्नो कार्यकालमा विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागी गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, वडा नम्बर १० र १२ लाई समेत सहयोग गरेको र हालै पोखरा २७ अर्चलेमा ५ रोपनी जग्गा खरिद गर्न समेत आफ्नो कार्यसमिति सफल भएको वताए ।

हालै खरिद गरिएको क्लवको जग्गामा क्लवको उद्देश्य बमोजिम काम गर्न समेत आफु सदैव तयार रहेको र क्लवले लिएको उद्देश्यहरु शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र विपद ब्यवस्थापन संगै चिडियाखाना निर्माणमानै क्लव लागी पर्ने उनको भनाइ रहेको थियो ।

यसैविच अधिवेशन पूर्व सम्पन्न साधारण सभामा कोषाध्यक्ष गणेश तिमिल्सिनाले आर्थिक वर्ष ०७६÷७७ को आर्थिक प्रतिवेदन र महासचिव शान्त बहादुर थापाले आर्थिक वर्ष ०७६÷७७ को कार्यप्रगति विवरण प्रस्तुत गरेका थिएभने सदस्यहरुले प्रतिवेदन सर्वसम्मतले पास गरेका थिए ।